नेपालमा एकै दिन ६७१ कोरोना संक्रमित थपिए ! उपत्यकामा थप ६ जना कोरोना संक्रमित भेटिए

नेपाल समाचार

काठमाडाैं । १८ जुन २०२०। पछिल्लो २४ घन्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितसँगै कूल संख्या ७ हजार ८४८ पुगेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा ३ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन्।

काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्, भक्तपुरमा भेटिएका १ महिला र २ पुरूष हुन् भने ललितपुरमा १ जना पुरूषमा संंक्रमण भेटिएको छ।