नेपालमा हवाई उडान माथिको लकडाउन फ़ेरि थपियो: असार २१ सम्म सबै व्यावसायिक उडान बन्द !

नेपाल समाचार

एमखबर डेस्क, क्यानाडा। १४ जून २०२०।

सरकारले नेपालबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाइ उडानलाई असार २१ गतेसम्म रोक लगाउने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णयबाटै हवाई उडानमा रोक लगाउने समय लम्बिएको जानकारी ट्वीटमार्फत सार्वजनिक गरेका हुन्। सरकारले ११ चैतदेखि जारी बन्दाबन्दीपछि सबै प्रकारको व्यावसायिक हवाई उडानमा रोक लगाएको छ ।

१६ असारसम्म लगाएको यस अघिको हवाई उडानको समयलाई बढाएर २१ असार पुर्‍याइएको पनि उल्लेख छ। हवाई उडान रोक लगाएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरेरै सम्बन्धित वायुसेवालाई जानकारी दिने छ। हाल सरकारले आकस्मिक उडान, उद्धार तथा अनुमति लिएर गरिने चार्टर उडान भने गर्न दिएको छ।

याे समाचार पार्दा सम्म नेपालमा काेराेना बाट संक्रमित हुनेकाे संख्या ५ हजार ७ सय ६० पुगेकाे छ । जसमध्ये १९ जनाकाे मृत्यु भएकाे र ९७४ जना निकाे भएर घर फर्केका छन् ।