नेपालले इतिहास रच्यो, पहिलो पटक विश्वको दोश्रो अग्लो हिमाल आरोहण

नेपाल समाचार विश्व समाचार

एजेन्सी । १० जना नेपालीको पर्वताराेही टीमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् । टीमका एक सदस्य निमर्ल पुर्जाका अनुसार उनीहरुले पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए ।

उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चिप्लिएर लड्दा मृत्यु भएको थियो । याे हिमाल अहिलेसम्म कसैले पनि आराेहण गर्न सकेका छैनन् । केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने कोसिस गरे पनि असफल भए र उनको मृत्यु भयो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको थियो, जसमा ६० जना थिए । तर, अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएकाे छ ।

निर्मल पुर्जाले नेपाली टीमले विश्वकाे दाेस्राे शिखर केटुमा पहिलाे पाइला राखेकाे सफलता सामाजिक सञ्जालमा सेयर गर्नुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘मानव जातिको इतिहासको हिस्सा भएकोमा हामीलाई गर्व छ । साथ मिलेर र एक सकारात्मक मानसिकताले सीमाहरुलाई पनि तोड्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’