नेपालले जित्यो दोस्रो अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखला

खेल नेपाल समाचार

नेपालले आफ्नो क्रिकेट इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेट शृंखला जितेको छ । मलेसियाविरुद्धको दुई खेलको शृंखला २–० ले क्विनस्विप गर्दै नेपालले दोस्रो अन्तर्राष्ट्रिय शृंखला जितेको drug interactions हो ।

त्यसका लागि नेपालले आइतबार भएको मलेसियाविरुद्धको दोस्रो टीट्वेन्टी खेलमा ६ रनको जित हात पा¥यो । शनिबार भएको पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो ।

नेपालले यसअघि पहिलो टीट्वेन्टी शृंखलाको रुपमा गत माघ तेस्रो साता संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धभएको तीन खेलको शृंखला २–१ ले जितेको थियो । नेपालले त्यसअघि नेदरल्यान्ड्स र हङकङविरुद्ध खेलेको छुट्टाछुट्टै दुई टीट्वेन्टी शृंखला भने गुमाएको थियो ।

मलेसियाको किन्रारा ओभलमा टस जिती पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर एकसय ७३ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको मलेसियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एकसय ६७ रन मात्रै जोड्न सक्यो ।

नेपालले टिट्वेन्टी विश्वकपअन्तर्गत अर्काे साताबाट सिंगापुरमा हुने एसियाली छनोट प्रतियोगिताको तयारी स्वरुप यो शृङखला खेलेको हो । नेपाल अब शनिबार विश्वकप छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने छ । विश्वकप छनोट प्रतियोगिता जुलाई २० देखि २९ सम्म चल्ने छ ।