नेपालले सुरु गरेको सिमा बिबादमा चीन हावी ! भारतीय रक्षामन्त्री राजनाथ सिंह

नेपाल समाचार

एमखबर न्युज डेस्क, क्यानाडा। ४ जून २०२०। भारतीय रक्षामन्त्री राजनाथ सिंहले सेनापती मनोज मुकुन्द नरवाणे कैं लवजमा नेपालले जारी गरेको नयाँ नक्सा नेपालको इन्ट्रेष्टमा भन्दा पनि चीनको उक्साहटमा आएको आरोप लगाएका छन्।

भारतीय टेलिभिजन “जी” न्युजसँगको अन्तर्वार्तामा सिंहले उक्त अभिव्यक्ति दिएका हुन्।

दुई देशको बीचमा उत्पन्न असमझदारी वार्ताद्वारा समाधान गर्न भारतले पहल गर्ने भन्न त उनी पछी परेनन् तर नेपाली भुमि लिम्पियाधुरा र लिपुलेक हुँदै किन नयाँ सडक निर्माण गरियो र नेपाललाई जानकारी नै नदिइकन किन बाटोको उद्घाटन भयो ? त्यसबारे एक शब्द पनि निकालेन्।

त्यसो त उनले सार्बजनिक खपतकालागी नेपालवारे नराम्रो नसोच्ने र सम्बन्ध राम्रो बनाउनका लागि पहल गर्ने बताएका छन्। नेपालसँग भारतको सदियौँदेखिको भावनात्मक सम्बन्ध रहेको भन्दै त्यसलाई कुनै पनि हालतमा टुट्न नदिने पनि उल्लेख गरेका छन् ।

भारतका गृहमन्त्री अमित साहले पनि “आजतक” संगको अन्तरबार्तामा भारतले कुनै पनि छिमेकीको सिमा नमिचेको ठोकुवा गरेका छन्।

नेपालका सत्तारुढ दल र प्रतिपक्षी घटकहरु भित्रै खेलेर नयाँ नक्साकालागी गरिन लागिएको  संबिधान संशोधनमा छिर्के हान्न भारत कसरी दाउ खोजिरहेको छ, त्यो सबै सामु छर्लङ्ग छ।

त्यसैले बार्ताकोलागी नेपालले गरेको पटकपटकको अनुरोधलाई बेवास्ता गरेको भारतले वार्ताबाट समस्याको समाधान खोज्ने अभिव्यक्ति हात्तीको देखाउने दाँत जस्तै हो भन्ने बिष्लेषण कुटनीतिज्ञहरुले गरेका छन्।