नेपालीको पहिलो ब्रोकरेज कम्पनीले जिटिएमा गर्यो अवार्ड कार्यक्रम ।

क्यानडा विशेष

राजु थापा, क्यानडा ।

क्यानडामा नेपालीले स्थापना गरेको पहिलो “ब्रोकरेज एभरेष्ट रियल स्टेट” कम्पनीले जनवरि ३१ तारीख एक कार्यक्रमको आयोजना गरि कम्पनीमा संलग्न रहि बर्ष भरिमा उत्कृष्ठ हुने ब्रोकर तथा प्रतिनिधिहरुलाई एक समारोहका बिच सम्मान गरेको छ । संथापक मदन क्षेत्रीले जिटिएमा रहेका अन्य नेपाली रियल्टरहरुलाई एभरेष्ट ब्रोकरेज लाई आफ्नै संथा ठानि आबद्ध हुन आब्ह्वान गर्नु भएको छ । 

करीव ३ बर्ष अघि स्थापना गरिएको एभरेष्ट रियल्टि ब्रोकरेज कम्पनीले नेपाली तथा अन्य समूदायमा घर जग्गा किनबेच का अलावा लगानीमा आफ्नो पहुच बढाउदै आएको छ । करिव २० बर्ष भन्दा बढि यस रियल स्टेट ब्यबसायका रुपमा परिचित सफल ब्यबसायी ब्रोकर अफ रेकर्ड मदन क्षेत्री (माईक) ले यसको सुरुवात गर्नु भएको हो । एक जना बाट शुरु गरिएको यस ब्यवसायमा हाल १३ जना नेपाली र ५ जना बिदेशी सहित १८ जना ब्रोकर तथा प्रतिनिधिहरुको संलग्नता रहेको छ ।

२०१९ को बर्ष भरि बढि भन्दा बढि घर जग्गा बेचेर कम्पनी तथा ग्राहकलाई सन्तुष्ट पार्ने ब्रोकर तथा प्रतिनिधिहरुलाई सम्मान गरि हौसला स्वरुप नगद तथा ताम्रपत्र प्रदान गरिएको थियो । जसमध्ये सर्बोकृष्ट भै एभरेष्ट डाईमण्ड एवार्ड सहित नगद १५०० डलर राज महतले पाउनु भएको थियो भने बाबु कडेलले एभरेष्ट गोल्ड एवार्ड सहित नगद १००० डलर र मनोज बिष्टले सिल्भर एवार्ड सहित नगद ५०० डलर पाउनु भएको छ । 

त्यसैगरि बर्षको आकर्षक ब्यक्तित्व नगद ५०० डलर सहित दिनेश सिंह मल्ललाई प्रदान गरिएको छ । अन्य सेल्स प्रतिनिधिहरुलाई पनि ताम्रपत्र सहित सम्मान गरिएको छ, जसमध्ये हलबक्स जुनेजा, गगन मभि, सान्तम खड्का, राजि हसन, निलम रिजाल, पर्शु श्रेष्ठ, जस्टिन सिओ, तारा बस्नेत, बल्जित कौर जुनेजा, लोक डोरंगा, प्रितम त्रिपाठि, राजन तामागं, गोभिन्द खत्री र एरिक गिरी रहेका छन् ।

कार्यक्रममा अन्य बिबिध कृयाकलापहरुको प्रस्तुति गरिएको थियो । सेल्स प्रतिनिधि निलम रिजाल कडेलले लेख्नु भएको “लुज द बेलि, स्टे हेल्दि” किताव बिमोचन सामुहिक रुपमा ब्रोकर अफ रेकर्ड मदन क्षेत्री, सेन्टिनियल कलेजका प्रोफेसर डा.तुल्सी धरेल, नेपाली ब्यापारि निमा शेर्पा म्याकलिनि र स्वयं लेखक निलम कडेलले गर्नु भएको थियो । कार्यक्रममा बाहिरि नृत्य सहित बाबु कडेल र निलम कडेल रिजालको कमेडि नृत्यले रोमान्चक तुल्याएको थियो ।

कार्यक्रममा टोरोन्टोका लागि नेपाली अबैतानिक दुत कुन्जर शर्मा सहित नेपाली संघ संथाका प्रतिनिधिहरु लगायत बिदेशिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यबस्थापन लगायत सम्पूर्ण कार्यहरु एभरेष्ट रियल्टीका अपरेसन तथा मार्केटिगं मेनेजर अनिल थापा र आर्थिक म्यानेजर मान पौडेलले गर्नु भएको थियो ।