नेपालीमा कोरोनासंग लड्ने इम्युनिटी पावर बढी

नेपाल समाचार स्वास्थ्य

विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको औषधि पत्ता लाग्न सकेको छैन् । अनुसन्धानकर्ताहरुले कोरोनाविरुद्धको खोप परीक्षण जारी राखेका छन् । हाललाई कारोना भाइरसको संक्रमण जित्ने औषधि भनेको खानपान र नियमित जीवनशैली नै हो ।

त्यस्तै कोरोको संक्रमणबाट जोगिन सामाजिक दूरी महत्वपूर्ण मानिएको छ । नेपालमा पनि कोरोना भाइरस फैलिरहेको छ । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे नेपालीमा कोरोना संक्रमणसंग लड्ने इम्युनिटी पावर बढी रहेको दाबी गर्छन् । उनले नेपालीलाई कोरोनासँग लड्ने क्षमताबारे २० वटा बुँदा बताएका छन् । यस्ता छन् नेपालीले कोरोना जित्ने उनका केही तथ्यः

यी र यस्तै धेरै आहार, बिहार, आचार तथा ब्यबहारको कारण नेपालीसंग इम्युनिटी पावर धेरै हुन्छ । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । कोरोना संक्रमण फैलिएको खण्डमा नेपालीको मृत्यु एकदम कम हुन्छ । हाम्रो जिनमै अलौकिक शक्ति छ । हाम्रा हरेक घर प्राकृतिक अस्पताल हुन् ।

  1. नेपालमा घरभित्रभन्दा घरबाहिर बस्ने, खेल्ने प्रचलन धेरै छ । नेपालीहरु मौसम अनुसारको जाडो, गर्मी तथा बर्षासंग साक्षात्कार भएका हुन्छन् । घरलाई हिटिंग र कुलिंग गर्ने प्रचलन छैन् । जाडोमा काम्दै हिंड्ने, गर्मीमा पसिना बगाउँदै हिंड्ने तथा बर्षामा भिज्दै हिंड्ने, हुरी चल्दा पनि हुरीसंगै हिंड्ने, धुलो÷धुँवालाई सहेर पचाउने लगायतको बानी छ ।
  2. बिदेशमा घाँस पलाउने बेलामा, फूल फुल्ने मौसममा तथा पानी पर्ने समयमा अधिकांश मान्छेलाई घाँस, फूल, मौसम आदिको एलर्जी हुन्छ । तर नेपालीलाई प्राय हुँदैन । हामीले ती एलर्जी पचाएका हुन्छौं ।
  3. मौसमी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा लगायतले विश्वका बार्षिक ४ लाख ५० हजार देखि ६ लाख व्यक्तिको मृत्यु हुन्छ ्र नेपालमा रुघाखोकीले खासै मृत्यु हुँदैन ।
  4. रुघाखोकी लागेको बेला हामीहरुले आराम गर्ने चलन छैन न त उपचार गर्ने । हामीले घरेलु उपचारको रुपमा ज्वानो, बेसार, अदुवा, मरिच, ल्वांग, सुकमेल, कागती पानी पकाएर खान्छौं। कागतीक बोक्रा चपाउने गर्छौं, बोझो चुस्छौँ ।
  5. नेपालको कुल परिप्रेक्ष्य हेर्ने हो भने साबुनपानीले मिचिमिची हात धुने चलन छैन भन्दा हुन्छ । आधि गिलास पानीले हात भिजाएर खाना खाने प्रचलन अझै छ । यसको मतलब हामीहरुले किटाणु पनि पचाएका हुन्छौं ।
  6. धामी, झाँक्री, जान्ने, लामा, गुरु आदिसंग फुकाउन जाने, खरानी पानी खाने, मन्त्र गरेको चामलका दाना खाने अनि ‘ अलि अथवा भएको छ ‘ भन्दै रोगलाई पेल्ने हाम्रो संस्कार छ ।
  7. ज्वरो आयो भने चिराइतो, निम आदिको झोल खाने तर औषधि नखाने हाम्रो बानी छ । पखाला लाग्यो भने ज्वानो, बिरेनुन, आँपको बोक्रा, अनारक बोक्रा खाने हाम्रो बानी छ । जुनसुकै रोग लागेपनि २÷४ गोली खाएर अलिकति लक्षण शान्त भएपछि औषधि नखाने हाम्रो बानी छ । जसले गर्दा औषधिको दुष्प्रभावबाट हामीहरु बचेका हुन्छौं, यद्यपी यो राम्रो प्राक्टिस हैन । सकि नसकी रोगसँग जुध्ने हाम्रो बानी छ ।
  8. फलफुल खाँदा आफुले लगाएको कपडामा पुछेर खाने बानी हाम्रो अधिकांश ठाउँमा छ ।
  9. हामीले सरकारले निशुल्क लगाउने आबश्यक र अनाबश्यक खोप लगाएका छौं, केहि नभएपनि जुकाको औषधि, हात्तीपाइलेको औषधि बाँढेको बेला खाएका छौं । तराइ क्षेत्रमा मलेरिया, कालाजार तथा सबै क्षेत्रमा डेंगुसंग बर्षेनी जुधेका छौं ।
  10. हामीले घरमा जे जस्तो छ ताजा खाना खान्छौं । बिहान पकाउने सागसब्जी बिहान टिप्ने, बेलुका पकाउने सागसब्जी बेलुका टिप्ने हाम्रो बानी छ । बासी खाए रोग लाग्छ भनेर हामीले सिकाइरहेका हुन्छौं । बाहिरको खाना खाने प्रचलन अत्यन्तै न्यून छ ।
  11. हामीले शारीरिक परिश्रम धेरै गर्छौं । उकालो, ओरालो दिनभर हिंड्न सक्ने हाम्रो बानी छ । त्यो बानी नहुँदो हो त लक डाउनको बेला ८÷१० दिन हिंडेर सोलुखुम्बुबाट बर्दिया पुग्ने आत्मबल र शक्ति कहाँबाट आउँदो हो ।
  12. नचिनेको खाना तथा काँचो मासु खाने हाम्रो बानी छैन । त्यसैले नयाँ रोग लाग्ने जोखिम हुँदैन ।
  13. हामीलाई बोइल गरेको खाना पटक्कै मन पर्दैन । तरकारी, दाल, मासु, झोल आदि पकाउँदा ट्वाक्क अमिलो, पिरो, चिल्लो, नुनिलो, पर्पराउँदो खालको खाना हामीलाई मन पर्छ । त्यसैले हामीले प्याज, लसुन, बेसार, जिरा, खुर्सानी, मरिच, टिमुर, ज्वानो, कागती, अमिलो, च्यांपेको अचार, ताजा अचार, पुदिना र मरौटी आदि राखेको चटनी, भांगोको चटनी, जिम्मुले झानेको दाल आदि के के हो के के ठाउँ अनुसार खाने गर्छौं । हाम्रो परिवारको आधा जनशक्ति खाना पकाउने काममा निरन्तर लागेको हुन्छ । हामीले जति धेरै भेराइटी अरुले सायदै खान्छन् होला ।
  14. हामीले हावा, पानी, माटो, घाम, तातो, चिसोले उपचार गर्छौं, धेरैजसोले अनेक जडिबुटी चिनेका छौं । सकभर आयुर्वेदिक औषधि सेवन गर्छौं । सर्पले टोके त झारले ठिक पार्छौं भने अरु साना रोगको के कुरा भो र ?
  15. अनुसन्धानले भनेको छ भिटामिन सि र डी ले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । हामीले सबैभन्दा धेरै अमिलो खान्छौं । सुन्तला, कागती, अमिलो, जुनार, मौसम, खुर्सानी, गुन्द्रुक आदिमा प्रचुर भिटामिन सि पाइन्छ । घाम ताप्नाले भिटामिन डी पाइन्छ । घाममा त हामीले छाला कालो हुनेगरि काम गरिरहेका हुन्छौं ।
  16. कागती पानी, अमिलो, भुँइकटहर, स्याउ, दालचिनी, अदुवा , खुर्सानी, मरिच, लसुन , अमला, सित्तलचिनी आदिले रगत पातलो बनाउँछ ्र कोरोना संक्रमणमा हुने स्ट्रोक, थ्रोम्बोसिस आदिमा हाम्रा खाना उपयोगी छन् ।
  17. कोरोना संक्रमणको उपचारमा मलेरियाको औषधि सफल रुपमा प्रयोग भइरहेको छ । गुर्जो, हर्रो, अदुवा,हरियो धनियाँ, बेल आदि एन्टी मलेरियल हुन् ।
  18. लसुन, कागती, मरिच, पुदिना, अदुवा, सख्खरखण्ड,प्याज, भुँइ अमला, दही आदि भाइरसको वृद्धि रोक्न उपयोगी हुन्छन् । यी हाम्रो खानाका अभिन्न अंग हुन् ।
  19. नाच्ने, गाउने, देउसीभैलो खेल्ने, सराएं खेल्ने, मेलापात जाने, रोदी बस्ने, अनेक बाजा बजाउने, इन्द्रको पुजा गरेर पानी पार्ने, शिबरात्रिमा गाँजा तान्ने, भांग खाने, लुतो फालेपछि आरुबखडा खाने, ब्रत बस्ने, बिरामी हुँदा मुख बार्ने, नागको पुजा गर्ने, मौसमी फलफुल खाने, टाढादेखि पानी बोक्ने, घाँस÷दाउराका भारी बोक्ने, खेतबारीमा हिलो तथा धुलोसंग खेल्ने, गाईबाख्रा पाल्ने, जनावरसंग खेल्ने, टाढा जाँदा आफै खाजा बोकेर हिंड्ने लगायत हजारौं हाम्रा सांस्कृतिक अभ्यास संसारमै अनौठा मानिन्छ ।
  20. घाम ताप्ने, घाममा मालिस गर्ने, अदुवा र मरिच मिसाएको चिया खाने, प्राणायाम गर्ने, पुदिनाको अचार खाने, तुलसी प्रयोग गर्ने, पिपल तथा सल्लाको हावा सेवन गर्ने, बिदेशीको तुलनामा कम चुरोट खाने, उद्योगको प्रदुषण कम हुने, मोटोपना धेरै नहुने, ऊकालो ओह्रालो हिंड्ने, समयमा सुत्ने, ब्रह्म मुहुर्त्मा उठ्ने आदि बानीले हाम्रो फोक्सो बलियो हुन्छ । कोरोना भाइरसले सुरुमा एट्याक गर्ने फोक्सोलाई नै हो ।