नेपाली कमेडिएन चलचित्र “छ मायां छपक्कै” क्यानडाकाे मिसिसागा सहरमा प्रदर्शन हुदै ।

Events मनाेरंजन

राजु थापा, एमखबर डटकम,

डिसेम्बर ०८, २०१९ क्यानडा ।

चर्चित हास्य कलाकार द्वय दिपक राज गिरी र दिपाश्री निरौलाको अर्को कमेडिएन चलचित्र  “छ मायां छपक्कै” यहि डिसेम्वर १४ र १५ तारिख दुइ दिन जिटिएको मिसिसागा सहरको सिने स्टार्जमा प्रदर्शन हुने जानकारी आयोजकहरू नायक तथा फिल्म निर्देशक इश्वर थापा, कलाकार उद्दव मौसम र क्रिजल केसीले एमखवर डटकमलाइ दिएका छन् ।

उनीहरूका अनुसार अहिले सम्म लगभग ४०० को हाराहारिमा टिकट बिक्रि भैसकेको छ । क्यानडामा हाल अत्यधिक हिमपात र जाडोका कारण अन्य स्थानमा घुम्न जाने वातावरण नभएको हुंदा पनि उक्त प्रदर्शनमा नेपाली समूदायको उल्लेख्य सहभागिता हुने अनुमान गरिएको छ ।