नेपाली कर्पोरेटिभ संथा “क्वाइन भेन्चर” को साधारण सभा सम्पन्न, पुनःअर्को कार्यकालको लागि मुगा राजभण्डारीको नेतृत्वलाइ निरन्तरता ।

community अर्थ तथा ब्यापार क्यानडा विशेष प्रवास विविध

शेयर गर्नु होस ।

राजु थापा, एमखवर डटकम क्यानडा । १३ सेप्टेम्वर, २०२१ । एक्लै भन्दा सामुहिक लगानीमा व्यापार गर्दा अझ राम्रो गर्न सकिन्छ भन्ने उदेश्यका साथ सन् २०१९मा स्थापना गरिएको नेपाली कर्पोरेटिभ संथा क्वाइन भेन्चरले दुइ बर्ष पुरा गरेको छ ।


स्थापना कालमा २५ जना सेयर होल्डर बाट जनहि १० हजार डलरका दरले कुल २ लाख ५० हजार लागतमा ब्यबसाय सुरु गरिएको थियो । संथाले बिधिन्न क्षेत्रमा लगानी गरि नाफा कमाउने उदेश्य लिए अनुरुप अहिले ममःएण्ड टाकोज रेष्टुरेन्ट संचालन गरिरहेको छ । त्यसैगरि संथाले घर जग्गामा समेत लगानी गरेको छ । भबिष्यमा अन्य क्षेत्रमा समेत लगानी गरि अगाडि बढ्ने लक्ष्य लिएको संथाका सदस्य लक्ष्मण मण्डलले एमखवर डटकम क्यानडा लाई बताएका छन् । हाल यस क्याइन भेन्चर कम्पनी मार्फत १२ जनालाई रोजगारी दिइएको छ ।


हिजो आईतवार ममःएण्ड टाकोज रेष्टुरेन्टमा भएको शेयरहोल्डरहरुको साधारण सभाले बर्तमान बोर्डलाईनै अर्को २ बर्षका लागि निरन्तरता दिने गरि बर्तमान अध्यक्ष मुगा राज राजभण्डारीको नेतृत्वमा कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्षमा विशाल श्रेष्ठ, सचिवमा गुरु रेग्मी, कोषाध्यक्षमा परशु श्रेष्ठ, र डिरेक्टरहरुमा लक्ष्मण मण्डल, सविता श्रेष्ठ, सी एम उप्रेती र अमन श्रेष्ठ रहेका छन् ।