नेपाली कांग्रेस क्रियासील सदस्यता – एक सैद्धान्तिक बहस

क्यानडा विशेष राजनीति

शेयर गर्नु होस ।

बिद्याभुषण कार्की, CPA,CGA,FCCA,MBA, MA ECO, क्यानडा ।

गत हप्ता मैले एउटा आर्टिकल लेखेको थिए त्यो मेरो क्रियासील भर्दाको वास्तविक अनुभूति थियो अनि वित्तीय साक्षरता बढाउने र बेथिति हटाउने उद्देश्यबाट मात्रै अभिप्रेरित थियो । त्यसमा सोधिएको मूल भुत प्रश्न केवल त्यो संस्थाको लागि मात्रै हैन समाजमा दर्ता रहेको सबै संस्थाको लागि मार्ग दर्शनको लागि काम लाग्ने बिषय थियो। त्यो व्यक्तिगत लान्छना थिएन, सकारात्मक सुधारको अपेक्षा र सोही अनुरुपको प्रतिक्रिया कार्य समितिबाट राखेको थिए तर अफसोच निर्बिरोध निर्वाचित भनिएको कमिटीका साथिहरुले नै अर्को उम्मेद्वारी थियो भन्ने हस्यास्प्रद तर्क र २५० को बक्यौता असुलीको फरमान जारी भयो। सायद उहाहरुले बुझ्ने निर्बिरोध र नेपाली बर्णमालाले भन्ने निर्बिरोध शव्द बीच ग्याप रहेको हुन सक्छ।

क्रियासिल सदस्य के हो

क्रियासील सदस्यता नेपाली कांग्रेसको जरा हो अप्रत्यक्ष्य चुनाव प्रणाली रहेको नेपालले कांग्रेसमा क्रियासील कै आधारमा महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य छान्ने र सोहि अनुरुप छानिएको प्रतिनिधिले केन्द्रिय सभापति लगायत पधाधिकारी र कार्यसमितिको चयन गर्ने भएकोले क्रियासील सदस्य भनेको अब को १४ अधिबेशनले छान्ने कार्यसमितिको वास्तविक जग हो भने चुनिएको समिति तपाइँहरुको प्रतिनिधि पनि । भावी निर्वाचित केन्द्रीय समितिले देशको राजनीति र बिकासमा खेल्ने भूमिकामा तपाईको पनि घुमाउरो सम्बन्ध रहने भएकोले त्यसको नैतिक जिम्बेवारीको दामासाही हिस्सा तपाई हाम्रो काधमा पनि आइपर्छ यति भने पछि क्रियासीलको महत्वको बारेमा थप भन्नु नपर्ला।

किन लिने

यदि तपाई कांग्रेस बन्न चाहनु हुन्छ या रही रहन चन्हाउनु हुन्छ भने पहिलो खुड्किलो नया सदस्यता या नबिकरण हो । सदस्यता नलिकन तपाइँ पनि आम चुनावमा कांग्रेसको भोटर बन्न सक्नु हुन्छ तर कांग्रेसको दलको निर्वाचनमा तपाई सहभागी बन्न पाउनु हुन्न अनि कांग्रेसको माथिल्लो पदमा उक्लिन पनि कति बर्ष अघि देखि क्रियासिल थियो भन्ने बही खाता हेरिन्छ। १० बर्ष नकाटेकोले र क्रियासील नबिकरण नगरेकोले केन्द्रिय समितिमा उमेद्वार वा मनोनित हुन् पाइदैन । त्यसैले कांग्रेस राजनीतिमा अघि बढ्ने इच्छा राख्नेहरुको लागि यो नै अनिवार्य खुड्किलो हो।

कसले लिने/ नलिने (सार्क र खाडी मुलुक बाहिरको राष्ट्र लागु हुने नियम मात्रै प्रस्ट्याएको छु )

नेपालको संबिधान-२०७२, नेपाली कांग्रेसको बिधान- २०७५ (संसोधित) र नेपाली कांग्रेसको नियमावली-२०७६ बमोजिम क्रियासिल लिन या नबिकरण गर्न नेपाली पासपोर्ट होल्डर हुनु पर्ने अनिवार्य शर्त हो। यो नियम कानुनी भए पनि व्याबहारिकरुपमा कांग्रेसको विदेश स्थित युरोप, अमेरिका र अस्ट्रेलिया जस्ता राष्ट्रहरुमा रहेको समितिमा क्रम भंगता हुने भयो भन्ने साथीहरुको गुनासो पनि लिखित र मौखिकरुपमा दर्ज भैसकेता पनि पार्टीले संबिधान र बिधान भन्दा बाहिर गएर निर्णय गर्न सक्ने भएन अन्तत बिदेशी पासपोर्ट होल्डरले क्रियासील बन्न नसकेता पनि महाधिबेशन प्रतिनिधि , महासमिति सदस्य र सभापति बाहेकको जनसम्पर्क समितिको पदमा भने रहन सक्ने गरि निर्णय गरी कार्यन्वयनको चरणमा आईसकेको छ। यदि तपाई नेपाली कांग्रेस रहन चाहनु हुन्न र नेपालको राजनीतिमा कुनै सरोकार छैन भने पनि क्रियासील नबिकरण गर्नु परेन। भोलि चासो लागेको दिन भने पुन लिन पाइन्छ। लखनउको रेल छुटेको जस्तो होइन । यही स्थाई बसोबास गर्ने मान्छेको लागि सबै भन्दा बुद्धिमानी र फाइदा जनक बाटो नै यहि हो। आफ्नो सीप विकास गर्ने, आफ्नै परिवारलाई समय दिने नेपालको सिद्धान्तहीन राजनितिको पछि नलाग्ने। तसर्थ, यदि नेपाली नागरिक रहीरहने सोच छ र नेपाली कांग्रेसको पार्टीमा भोलि तपाईको कुनै लक्ष्य छ भने क्रियासील लिने, हैन भने नलिने। जनसम्पर्क समितिको सभापति बाहेकको पदमा रहन मन भए कांग्रेसले बिधान अनुसार छुट्टै साधारण सदस्यताको व्यबस्था गरेको छ र नेपाली र बिदेशी दुवै पासपोर्ट होल्डरले लिन मिल्छ। यदि तपाइको क्रियासील नेपालको कुनै क्षेत्रबाट अध्यावधिक छ भने यहाँ पुन लिनु पर्दैन ने रु ५०० पार्टीको खातामा बुझाएर निबेदन दिएमा तपाई बसोबास रहेको देशमा स्थान्तरण हुनेछ।

कसरी लिने

जनसम्पर्क समितिको मध्यमबाट तोकिएको शुल्क नयालाई युएसडी ३० र नबिकरणलाइ त्यसको आधा शुल्क तिरे क्रियासील लिन सकिनेछ । बिबादित जनसम्पर्क समिति भएमा समान्तर समितिले वा एउटै समितीका पधाधिकारीले पनि फरक फरक लिस्ट बुझाई क्रियासील फाइनल गरी त्यसैको आधारमा प्रतिनिधिको भागबन्डा गर्ने गरेको प्रचलन छ जुन यस पटक यसै साता मात्रै गठित केन्द्रिय सदस्य रमेश लेखकको सम्योजकत्वको क्रियासील छानबिन समितिले टुंग्याउनेछ। स्थापनाकला देखि नै डिल्लीरमण रेग्मी बाटै शुरु भएको बादबिबाद र फुटले कांग्रेसीलाई अहिले सम्म छाडेको छैन। हाम्रो क्यानाडाको हकमा भने सबै भन्दा पेचिलो बिषय नै यही हो। आ आफ्नो टीममा लाग्नेको हाकमा कुनै दुबिधा भएन तर सदस्यता लिन चाहने न्युट्रल साथीहरुलाई पक्कै नि मर्का परेको एकतिर छ भने अर्को तिर सदस्यता धेरैले लिउन भन्ने चाहना राखेको देखिदैन, महामन्त्रि उमेश भण्डारी भन्दा अरु कसैले डेमोक्रेटिक फोरममा बहस गरेको देखिएन, सायद सेटिङ्गमा चल्ने बानि परेर पो हो कि ? २ लाइनको ५० ठाउमा अशुद्द र अपुरो आदेश जारी गरेर औपचारिकता निभाएको समाजमा परिचर्चा हुने गरेको छ। पैसा कुन खातामा जम्मा गर्ने भन्ने जानकारी माग्दा पनि जवाफ आउला जस्तो देखिदैन। यो बिकसीत देशमा इमेलको रेस्पोन्स एकदम छिटो हुनु पर्छ। समयमा इमेलको रेस्पोन्स नभएर क्यानडामा जागिरबाट हात धुनेको संख्या निकै ठुलो छ भन्ने कुरा थाहा नभएर हो या बिहारको मुख्य मंत्री लालु यादबलाई एक पटक सम्बाददाताले इमेलको प्रश्न सोध्दा “इमेल? क्या इमेल? हम तो सिरफ फिमेल जान्थे हे” भने जस्तो हो त्यही कार्य समितिले जानोस। म भने प्रिय साथि देबेन सुबेदी र मेरा प्रिय नेता दाई उज्जल बरालको “तपाइले उठाएको कुरा ठिक हो तर एक चोटी कार्य समितिलाई सोधेको भए हुने नि” भने जुन जाहेज गुनासो थियो त्योबाट भने मुक्त भए । आफुलाई माया गर्ने शुभचिन्तकहरुको सुझाब शिरोधार्य गर्न पाएकोमा भने खुशी नै छु ।

२०७५ भाद्रको अधिबेशनको सदस्यता लिनेले नबिकरण गर्नु पर्छ या पर्दैन

ज जसले क्रियासील सदस्यता वापतको ३५ डलर बुझाएका छन् तपाई नयाँ या नबिकरण के हो माथी उल्लेख गरे अनुरुपको शुल्क हिसाब गरि पैसाको राफसाफ गर्न सक्नु हुनेछ । फर्म भने अस्ति नभरेकोले अहिले भर्नु पर्ने छ। करीब त्यसरी संकलन भएको रकम करीब ५-७ लाख समितिको खाता मै होला। त्यहीबाट अहिलेको क्रियासील बुझाउने हो। तपाई क्रियासील लिन इच्छुक हुनु हुन्न भने पैसा फिर्ता माग्न पाइन्छ कि ? तपाई हाम्रो अधिकार हो किनकी तपाईले क्रियासीलको कार्ड पाउनु भएको छैन। यदि पैसा फिर्ता गर्न नमिल्ने भए तपाइले खरीद गरेको बस्तु खोई भन्ने सोध्ने अधिकार तपाईसंग सुरक्षित छ। मैले लगभग त्यही समय २०७५ मा नेपालबाट नबिकरण गरको कार्ड पाईसके र मै संग सुरक्षित छ।

कति जना प्रतिनिधि जान पाइन्छ

क) साधरण सदस्यको प्रतिनिधि छनौटमा कुनै सम्बन्ध रहदैन। क्रियासील लिन योग्य ( नेपाली पासपोर्ट होल्डर अनिबार्य शर्त) मध्येबाट कम्तीमा १०० जना क्रियासील भए निर्वाचित अध्यक्ष स्वतः प्रतिनिधी हुने । बिदेशी पासपोर्ट होल्डर हो भने चाही सभापति र प्रतिनिधि हुन रोक लागिएको छ।

ख) ५०० वा सो भन्दा बढी क्रियासील सदस्यता भएमा अध्यक्ष सहित ७ जना पाउने छन् ।

ग) २००० वा सो भन्दा बढी जति क्रियासील सदस्य भएता पनि अध्यक्ष्य सहित १४ जना भन्दा बढी प्रतिनिधि जान मिल्ने छैन । माथि उल्लेखित क र ख मा उल्लेख गरेको संख्या छनौट गर्न सबै क्रियासील सदस्यहरुको सहमति या भोटिंग अनिवार्य चाहिन्छ । आफु खुसी कार्य समितिले निर्णय गर्न मिल्दैन।

अन्त्यमा,

धेरै नयाँ साथीहरुलाई लग्नु स्वाभाविक हो क्रियासील आधिकारिक संगठनबाट लिने कि, त्यो तर्क जाहेज छ तर अलि गहिएर सोच्दा कथा अर्कै छ। गत साल अधिबेशन हुदा ११ बोर्ड सदस्य एकातिर थिए भने ३ जना एकातिर अनि निर्वाचन हुनु भन्दा एक हप्ता अगाडी सभापतिले राजिनामा दिएका थिए । केन्द्रीय सभापतिलाई सम्बोधन गरी जसमा लेखिएको थियो कार्यसमिति आजै को मिति देखि भंग। अनि अधिवेशन शुरु हुनु दुइ दिन अगाडी नै पदीय भागबन्डा भइसकेको थियो। असहमति राखने साथीहरुको तर्क यी र यस्तै गम्भीर सैद्धान्तिक मतभेतमा आएर ठोकिन्छ। यो भन्दा अझ अघिको अर्को अधिबेशनको बेथिति नि यस्तै रोचक छ धेरै चर्चा नगरौ। हालसालै सुनसरी अदालतले एउटा फैसला गर्यो महिलाको कारणले सदगुरुले बलात्कार गर्न बाध्य भए त्यही भएर गुरु निर्दोष अनि महिला दोषी। फैसला सुन्दा हामी सबै आश्चर्य चकित भयौ अझ रिसले मुर्मुरियौ पनि शक्ति पृथकीकरण र स्वतन्त्र न्यायालयमा आस्था राख्ने हाम्रो आत्मामा गहिरो चोट पर्यो। हो त्यस्तै हो यहाँको झगडा पनि अनि जन्मियो दुइ वटा समिति। अनि त्यसैको निदानको बाटो पहिल्याउनु आजको टड्कारो आवश्यकता पनि।

(लेखक:नेपाल रास्ट्र बैंकमा चार्टर्ड एकाउन्टेन्टको रुपमा एक दशक काम गरेका श्री कार्की हाल क्यानडा स्थित एक प्रतिष्ठित मल्टिन्यासनल कम्पनीमा चार्टर्ड एकाउनटेन्टको रुपमा कार्यरत हुनु हुन्छ।))

Email: bbkarki79@gmail.com