नेपाली जनसम्पर्क समिति (एनपिसिसि), क्यानडाको दोश्रो अधिबेशन अप्रिल २८ तारिख आईतबार हुदै ।

क्यानडा विशेष

सन् २०१३ बाट नेपाली काँग्रेस संग आबद्धता भै सन् २०१४ मा क्यानेडियन कर्पोरेसनमा दर्ता भएको नेपाली जनसम्पर्क समिति, क्यानडाको दोश्रो अधिबेशन भोली आईतवार २८ अप्रिलमा हुदै छ । यस अघि २०१८ को अगष्ट २६ मा हुने भनिएको अधिबेशन बिशेष आन्तरिक बिबाद र तात्कालीन सभापतिको राजीनामा पश्चात उत्पन्न परिस्थितिका कारण स्थगन भएको थियो ।

भोली हुने अधिबेशन पश्चात क्यानडामा रहेका डेमोक्रेट्सहरुको एकता भै बिबाद अन्त्य हुने बताईएको छ । दोस्रो अधिवेशन सम्पन्न गर्नका लागि प्रमुख निर्वाचन अधिकृतमा सुर्य सापकोटा लाई बोर्डको निर्णय अनुसार तोकिएको जानकारी प्राप्त भएको छ ।

एमखवर डटकमको तर्फबाट अधिबेशनको हार्दिक शुभकामना ।