नेपाली जनसम्पर्क समिति (एनपिसिसि), क्यानडाको दोश्रो अधिबेशन सम्पन्न, छरिएका सबै डेमोक्रेटहरुको एकता छिट्टै हुने सन्देश ।

क्यानडा विशेष

शेयर गर्नु होस ।

नेपाली जनसम्पर्क समिति (एनपिसिसि), क्यानडाको दोश्रो अधिबेशन हिजो ब्रामटन शहरको एभरेष्ट तेक्वान्दो एकेडेमिको सभाहलमा नेपाली जनसम्पर्क समिति (एनपिसिसि) का कार्यबाहक सभापति सुरेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ ।

गत बर्ष २०१८ को अगष्ट २६ मा हुने भनिएको अधिबेशन आन्तरिक बिबाद र तात्कालीन सभापतिको राजीनामा पश्चात उत्पन्न परिस्थितिका कारण अर्को सूचना नभए सम्मका लागि स्थगन भएको थियो । तात्कालीन सभापति बुद्दि बलीले अगष्ट ११, २०१८ मा दिएको राजीनामा लाई १७ अगष्टको एनपिसीसीको बहुमत बोर्ड बैठकले स्विकृत गरि बरिष्ठ उपसभापति सुरेन्द्र खड्का लाई कार्यबाहक सभापतिमा नियुक्त  गरेको थियो ।

नेपाली जनसम्पर्क समिति (एनपिसिसि), क्यानडा फेडरल गभर्मेन्ट अन्तरर्गत कर्पोरेट क्यानडामा दर्ता भएको संथा हो र यसमा सम्पूर्ण नियमकानुनहरू क्यानडाको कानुन अनुसार चल्छ र चलाउनु पर्ने हुन्छ र यस संथामा रहेका सबै बोर्डअफ डार्इरेक्टरहरूको हैसियत समान रहन्छ र बोर्ड बैठकले बहुमतका आधारमा गरेका काम कार्यबाहिहरू मात्र कानुन सम्मत रहन्छ । कुनै पनि बोर्डअफ डार्इरेक्टरहरूलार्इ बोर्ड बिघटन गर्ने र ब्यक्तिगत निर्णयहरु गर्ने अधिकार हुदैन तर राजीनामा भने दिन सक्छन त्यो पनि बोर्डको बहुमतले पास गर्नु पर्ने हुन्छ ।

राजनैतिक बिचार र आस्थाको आधारमा नेपाली कांग्रेस संग सम्बन्धन प्राप्त गरेको भातृ संगठन हो । नेपाली कांग्रेसको बिधानमा प्रत्येक देशमा एउटा जनसम्पर्क समितिले मात्र मान्यता प्राप्त गर्न सक्छ र सोहि अनुसार खोल्न पाईन्छ । बिदेशमा रहेका जनसम्पर्क समिति हेर्ने जनसम्पर्क समिति समन्वय बिभाग छुट्टै छ ।

हिजो भएको अधिबेशनबाट गरेका केहि मूख्य निर्णयहरुः

१) अगष्ट ११, २०१८ देखि यता भएका र बार्डले गरेका सबै निर्णयहरुलाई पारित गर्दै अनुमोदन गरेको छ ।

२) बाधा अड्चन फुकाउका लागि केहि बुदाहरुमा संसोधन गर्न समेत बहुमतले स्विकृति प्रदान गरेको छ ।

३) अधिबेशनले पूर्व सभापति बुद्धि प्रकाश वली लाई ७२ घन्टा भित्र संथामा निहित कागजात सहित सम्पूर्ण बिबरण नब गठित बोर्डलाई बुझाउन पत्र काट्ने र अब उप्रान्त नेपाली जनसम्पर्क समिति, क्यानडाको नामबाट कुनै पनि गतिबिधि गर्न नगराउन सचेत समेत गर्ने निर्णय गरेको छ ।

४) अधिबेशन सम्पन्न भै नयाँ गठन भएको बोर्डको नामावली सहित जानकारीका लागि कर्पोरेट क्यानडा र नेपाली काँग्रेसलाई बिधान अनुसार जानकारी पठाउने ।

५) क्यानडामा रहेका सम्पूर्ण डेमोक्रेट्सहरुलाई मूल धारमा ल्याई बिबाद रहित ढंगबाट सबैलाई समेटेर अगाडि बढ्न पहल सूरु गर्ने ।

६) नयाँ ६ जना बोर्डअफ डाईरेक्टरको नियूक्ति गरेको सूचना मूख्य निर्बाचन अधिकृत सुर्य सापकोटाबाट सार्वजनिक गरियो र बार्डलेअनुमोदन समेत गरेको छ । निर्वाचित हुने बार्डअफ डाइरेक्टरहरूमाः सुरेन्द्र खड्रका, बाबुराम लामिछाने, दिपक माेहन भट्टराइ, राजु थापा, अनिल महत र दिनेस आचार्य रहेका छन् ।

उद्घाटन कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष तथा प्रमुख अतिथि गोपिकृष्ण काफ्लेले क्यानडाका नेपाली समाजमा देखिएका कयौं विसंगतिहरुलाई चिर्न नेपाली जनसम्पर्क समिति एक हुनु मात्र नभै क्यानडामा बस्ने विभिन्न बिचार धाराका ब्यक्तिहरु सहित सबै एक हुनु जरुरी भएको बताएका छन् ।

एनपिआरसि क्यानडाका सभापति रामबाबु थापाले अब हाम्रो एकतालाई कसैले भ्रम छरेर छेक्न नसक्ने भएकाले नयाँ एकताका लागि आफु आतुर भएको बताउनु भएको छ । साथै उहाँले ब्यक्तिगत स्वार्थबाट प्रेरित भै केहि ब्यक्तिहरु अझै अगाडि बढिरहे समाजले नै तिनिहरुलाई बहिस्कृत गर्ने जनाउनु भएको छ ।

नेपाल बिध्यार्थि संघमा आबद्ध भएर लामो समय काम गरेका युवा निरन्जन थापाले आफुहरु बिचार, सिद्धान्त र जिम्मेवारी भन्दा पनि ब्यक्तिगत स्वार्थमा निहित केहि ब्यक्तिहरुका कारण क्यानडामा नेपाली जनसम्पर्क समितिको दुर्दसा देख्दा आफू झन दुखित भएकोले अन्याय र गलत कृयाकलाप बिरुद्ध आफू सधै लडिरहने बताएका छन् । 

जिपि फाउन्डेसनका सभापति तुल्सी पौडेलले अधिबेशन सफलताको शुभकामना पठाएका थिए भने बरिष्ठ उपसभापति ज्ञान गौतमले जिपि प्रतिष्ठानको जानकारी गराउदै, नेपाली जनसम्पर्क समिति, क्यानडाको समस्या र एकता प्रकृयामा जिपि फाउन्डेसले आबस्यकता परे सहयोग गर्ने बताएका छन् ।

एनपिसिसि गठन गर्न सुरुका दिन देखि सहयोग गर्दै आएका समाजसेवी केदार बस्नेतले संथामा सुरु देखि अघिल्लो नेतृत्व बाट भए गरेका बिकृति, बेथिति र हैकमबादि प्रबृतिले आज यो अबस्था निम्तिएको र कानुनी राज्यमा त्यस्तो गर्ने कसैले छुट नपाउने बताएका छन् । 

कार्यक्रममा एनआरएन क्यानडा अन्तराष्ट्यि समन्वय समितिकि सदस्य प्रमिला बस्नेत,

उपसभापति राजकुमार महत, नेपाली जनसम्पर्क समितिका उपसभापति बाबुराम लामिछाने, नेपाली कांग्रेस पोखराका पूव क्षेत्रीय सभापति, दिनेश आचार्य,

एनआरएन क्यानडा यूथ संयोजक कृजल केसी, लालिगँरास स्पोर्टस् एण्ड कल्चरल क्लबका उपसभापति कुन्दन घिमिरे,

क्यानेडियन महिला चौतारिकि उपाध्यक्ष गिता शर्मा,

प्रमुख निर्वाचन अधिकृत सुर्य सापकोटाले अधिबेशनको शुभकामना सहितको मन्तब्य राखेका थिए ।

उद्घाटन सत्र समापन संगै आफ्ना धारणा राख्ने क्रममा कार्यक्रमका सभापति तथा नेपाली जनसम्पर्क समितिका कार्यबाहक सभापति सुरेन्द्र खड्काले कुनै पनि एक ब्यक्तिले ब्यक्तिगत अभिष्ट पुरा गर्नका लागि जुन संथालाई प्रयोग गर्न खोजे त्यसको परिणाम स्वरुप अहिले यो अबस्था आएको बताएका छन् ।

एउटै बिचार, आस्था र उद्धेश्य लिएका क्यानडामा रहेका सबै डेमोक्रेटहरुको एकतालाई त्यस्ता ब्यक्तिले हल्लाउन नसक्ने उल्लेख गरेका छन् ।

कार्यक्रमको शुरुमा स्वागत मन्तब्य सहित संथाको गतिबिधि र प्रतिबेदका बारेमा नेपाली जनसम्पर्क समितिका महामन्त्री दिपक मोहन भट्टराईले गरेका थिए ।