नेपाली जनसम्पर्क समिति, एनपिआरसिकाे नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

क्यानडा विशेष

शेयर गर्नु होस ।

नेपालीहरुको महत्वपूर्ण दिन र चाडको रुपमा लिईने नेपाली नयाँ बर्ष २०७६को शुभारम्भ भएको पुनीत अबसरमा नेपाली जनसम्पर्क समिति, एनपिआरसि क्यानडाले क्यानडामा बस्ने डेमोक्रेट्सहरुको संलग्नतामा नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले पत्यक्ष टेलिफोन मार्फत सबैले सुन्ने प्रबिधि मार्फत सबै नेपालीहरुलाई शुभकामना दिनुका साथै यहि अप्रिल २८ मा हुनगैरहेको नेपाली कांग्रेस संग आबद्द नेपाली जनसम्पर्क समिति (NPCC), क्यानडाको अधिबेशनको लागि शुभकामना सहित सफलताको कामना समेत गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस संग आबद्ध रहेको नेपाली जनसम्पर्क समिति, क्यानडा (NPCC) को तर्फ बाट प्रबक्ता राजु थापाले यहि अप्रिल २८ मा हुन गैरहेको अधिबेशनमा सबै प्रजातन्त्रबादी महानुभावहरुलाई उपस्थित भै अधिबेशन सफल पार्न आग्रह गर्दै, अधिबेशन लगत्तै फरक मत मतान्तर मार्फत फुटको मारमा रहेका डेमोक्रेट्सहरु सबैको एकता हुने प्रस्ट पारेका छन् ।

अब हुने एकतामा कुनै तत्वले पनि बिथोल्न नसक्ने बताउदै असन्तुष्ट सबैलाई ब्यक्तिगत स्वार्थ त्यागी मूल धारमा आएर आफ्नो सिद्धान्त, आस्था र ईमान्दारीता प्रति कटिबद्ध हुन आग्रह समेत गरेका छन् । एनपिसिसिको गत बर्ष २०१८ को अगष्ट २६ मा हुने भनिएको अधिबेशन तात्कालीन सभापति बुद्दी वलीकाे राजीनामा पछि उत्पन्न गतिराेध र अन्य बिशेष कारणबस अगष्ट ११, २०१८ मा बसेको बोर्ड बैठकको बहुमतले अर्को सुचना नभए सम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

त्यसै गरि एनपिआरसीका सभापति रामबाबु थापाले एनपिसिसिको २८ तारिख हुन गैरहेको अधिबेशनको शुभकामना सहित त्यस पस्चात सबै क्यानडामा रहेका डमोक्रेट्सहरु एक हुने सन्देस शुभकामना कार्यक्रमले दिएकोले, एकता गर्नको लागि आफु कुनै पदको आकांक्षि नभएको र एनपिआरसीको सभापति समेत छोडेर एकतामा लाग्ने बताएका छन् । 

एनआरएनए क्यानडाका उपसभापति राज महतले यस्ता कार्यक्रमले एक आपसमा सद्भाव अधिबृद्धिको साथै नेपाली समाज बिकाशमा ठुलो टेवा पुग्ने बताएका छन् ।

कार्यक्रम एनपिआरसीका महामन्त्री बिद्ध्याभुषण कार्किले संचालन गरेका थिए भने कार्यक्रममा जिटिए अन्तर्गत टोरोन्टो, ब्रामटन र मिसिसागा शहरमा बस्ने प्रजातन्त्र प्रति आस्थावानहरुको संलग्नता रहेको थियो ।