नेपाली जनसम्पर्क समिति, क्यानडाका प्रतिनिधि मण्डल द्धारा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल संग टाेराेन्टाेमा भेट ।

क्यानडा विशेष

शेयर गर्नु होस ।

एक साताको पारिवारिक भ्रमणमा क्यानडा आउनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद रमेश रिजाल संग नेपाली जनसम्पर्क समिति क्यानडा –NPCC का प्रतिनिधि मण्डलले भेट गरेको छ ।

भेटमा नेपाली जनसम्पर्क समिति क्यानडाको तर्फबाट नेपालको प्रजातन्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने दिनेश आचार्य लगायत निबर्तमान कार्यवाहक सभापति सुरेन्द्र खड्का, निबर्तमान महामन्त्री दिपक मोहन भट्टराई, निबर्तमान प्रबक्ता राजु थापा र संथापक पूर्व कोशाध्यक्ष अनिल महतको सहभागिता रहेको थियो ।

स्मरणियः के छ भने नेपाली जनसम्पर्क समिति, क्यानडाले गत अप्रिल २८, २०१९ मा आधिकारीक अधिबेशन सम्पन्न गरि ६ सदस्य बोर्डअफ डाईरेक्टरको चयन गरिसकेको छ भने कार्यसमिति बर्तमान नेपाली जनसम्पर्क समितिमा देखिएको गतिरोधलाई अन्त्य गरि छिट्टै गठन हुने जनाईएको छ ।

भेटको क्रममाः नेपाली जनसम्पर्क समिति, क्यानडाको गठन देखि हाल सम्मको गतिबिधिका बारेमा बृष्तृत छलफल सहित लिखित जानकारी समेत पेश गरेको छ ।

छलफल पछि उहांले क्यानडाको जनसम्पर्क समितिको बारेमा निस्पक्ष ढंगबाट पार्टि र सभापतिलाई जानकारी गराउने आश्वासन दिनु भएको छ । यसमा पार्टिले छिट्टै कुनै न कुनै रुपबाट ठोस निर्णय लिने आश्वासन दिनु भएको छ । साथै उहांले सबैजना मिलेर क्यानडामा रहेका प्रजातन्त्र प्रति आस्थावानहरुको संलग्नतामा नेपालीहरु माझ सहयोगि भावना लिएर अगाडि बढ्न सुझाव समेत दिनु भएको छ ।

यस अघि क्यानडामा नेपाली जनसम्पर्क समितिको नामबाट अनाधिकृत गतिबिधिलाई निरन्तरता दिईरहेका ब्यक्तिहरु लगायत एनपिआरसिका पदाधिकारीहरु संग छुट्टाछुट्टै भेट गरि सक्नु भएको थियो । पारिवारिक भ्रमण भएता पनि नेपाली कांग्रेसले क्यानडाको जनसम्पर्क समितिमा देखिएको गतिरोधको बारेमा बुझि प्रतिबेदन पेश गर्न पत्राचार गरेको थियो । 

पारिवारिक भ्रमणमा अमेरिका र क्यानडाको भ्रमण सकि केन्द्रिय सदस्य रिजाल आज नेपाल फर्कदै हुनु हुन्छ ।