नेपाली जनसम्पर्क समिति (NPRC) क्यानडाको अध्यक्षमा उदय दुरा ।

community क्यानडा विशेष प्रवास राजनीति

राजु थापा, क्यानडा । मे १८, २०२१ । नेपाली जनसम्पर्क समिति (NPRC) क्यानडाको अध्यक्षमा उदय दुरा सर्बसम्मत चयन भएका छन् । अनलाईन भर्चुअल माध्यम द्धारा गरिएको अधिबेशनबाट २३ सदस्यीय कार्यसमितिको छनौट गरिएको थियो ।

क्यानडामा नेपाली जनसम्पर्क समितिको गठन सन् २०१३ मा बुद्धि प्रकाश वलीको नेतृत्वमा भएको थियो । केहि समय पछि उक्त समितिसंग बैचारीक बिभेद बाट अलग भै तुल्सी पौडेलको नेतृत्वमा नेपाली जनसम्पर्क समिति (NPRC) एनपिआरसी को गठन भै समानान्तर समिति गठन भएको थियो । अहिले क्यानडामा नेपाली जनसम्पर्क समिति तिन टुक्रामा बिभाजित छ भने बिभिन्न तबर बाट भैरहेको एकता प्रयास अझै सफल हुन सकेको छैन । क्यानडा सरकारमा NPCC र NPRC दुबै दर्ता भै संचालनमा छन् भने नेपाली कांग्रेसले भने बुद्धि वलीको समितिलाई आधिकारिक भन्दै आएको छ तर त्यसका एक घटक सुरेन्द्र खड्का समूहले भने त्यो अबैधानीक भन्दै आईरहेको छ ।

नेपाली जनसम्पर्क समिति NPRC का नब निर्बाचित सभापति उदय दुरा नेपाल तरुण दल चितवनका पूर्व अध्यक्ष हुन् । उनलाई नेपाली जनसम्पर्क समिति NPRC   का संथापक सभापति तुल्सी पौडेलले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिनुका साथै नेपाली जनसम्पर्क समिति क्यानडालाई नयाँ उचाईमा पुर्याइ छरपस्ट भै सांगठनीक रुपमा भताभुंगं भएको जनसम्पर्क समितिलाई एकता गराउने क्षमताको नेतृत्वदायी बिशेष भूमिका खेल्न सफल हुनेमा आसाबादि रहेको उल्लेख गरेका छन् । अधिबेशनमा क्यानडामा रहेका बिभिन्न संघ संथाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अन्य कार्यसमिति पदाधिकारीहरूको नामावली भने सार्वजीक भैसकेको छैन ।

एमखवर क्यानडाको तर्फबाट नबनिर्बाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।