नेपाली नयाँ बर्ष २०७८ को सबैमा शुभकामना ।

Breaking नेपाल समाचार प्रवास

शेयर गर्नु होस ।

आज बैशाख १ गते हामि नेपालीहरु बि.सं. २०७७ साल लाई बिदा गरेर नयाँ बर्ष २०७८ मा प्रबेश गरेका छैा । यसै पुनीतः अवसरमा एबिसी ईन्टरनेशनल मिडिया, क्यानडा द्वारा संचालीत www.aimkhabar.com को तर्फबाट सबै पाठक बृन्दहरूमा हार्दिक मंगलमय शुभकामना साथै यहाँहरु सबैमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछौ ।

यसै क्रममाः क्यानडामा रहेका समाजीक संथाहरुले नेपाली नयाँ बर्ष २०७८ को अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरि मनाएका छन् । जसमध्य एनआरएनए क्यानडा, एनबिडिए क्यानडा, बाग्लुगं सेवा समाज क्यानडा, नेपाली सोसाईटि मनीटवाले कार्यक्रम सम्पन्न गरिसकेका छन् भने अप्रिल १७ तारिख शनिवार हेल्पिगं ह्यान्डले लण्डन अन्टारियोमा रक्तदान कार्यक्रम गर्दै छ भने सास्काचुनमा नेपाली कम्युनिटिले अप्रिल २४ मा रक्तदान कार्यक्रमनै गरेर मनाउदै छ । कोभिड १९ का कारण सामाजीक संजाल मार्फत एक आपसमा शुभकामना आदान प्रदान भने भैरहेको छ ।

नयाँ बर्ष २०७८ को शुभारम्भ संगै बिश्वमा घातक रुपमा फैलिरहेको कोभिड १९ को अन्त्यका लागि सबैले प्रार्थना गरिरहेका छन् ।