नेपाली भूमि अतिक्रमणबारे बोल्दा पक्राउ परे पूर्व जर्नेल बस्न्यात र पूर्व एआईजी श्रेष्ठ

नेपाल समाचार राजनीति विश्व समाचार

काठमाडौं : नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय धुम्बाराही सामुन्‍ने शंकपार्कमा लिपुलेकमा भारतीय अतिक्रमणबारे पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले दुवैलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जमा राखिएको छ। आफूहरु पक्राउ परेको जानकारी बस्न्यातले पत्रकारहरुलाई दिएकाछन्।

‘नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोधमा पत्रकार सम्मेलन गरिरहेका थियौँ’, उनले भनेका छन्, ‘तर तत्कालै आएका प्रहरीले भारतको विरोध नगर्नू भन्दै पक्राउ गरेर महाराजगञ्‍जमा राखिएको छ।’ यसअघि प्रहरीले दरबारमार्ग उत्तर ढोका र माइतीघरबाट पनि विद्यार्थीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरिरहेका थिए।