नेपाली समुदायका अगुवा अनिल थापा, क्यानेडियन उत्कृष्ट इमिग्रेन्ट अवार्डमा !

NRNA क्यानडा विशेष

एमखबर न्युज डेस्क, क्यानाडा। २५ जुन २०२०। क्यानेडियन नेपाली समुदायमा निकै चर्चित एवं परिचीत ब्यक्तित्व अनिल थापा “क्यानडियन इमिग्रेन्ट म्यागेजिन” ले प्रकाशित गरेको क्यानाडाको उत्कृष्ट ७५ आप्रवासीहरुको सूचीमा पर्न सफल भएका छ्न्।

विभिन्न देशबाट क्यानडामा पुगेर बसोबास गर्दै आएका आप्रवासीहरुमध्येबाट छनौट गरेर २५ जनालाई प्रदान गरिने यस बर्षको उत्कृष्ट आप्रवासी अवार्डमा अन्ततः अनिल थापा उत्कृष्ट २५ भित्र पर्ने र अवार्ड हात पार्नेमा क्यानेडियन नेपाली समुदाय ढुक्क छ।

उत्कृष्ट २५ मा को पर्ने वा नपर्ने त्यसको फैसला खुल्ला भोटिङ्गबाट हुने भएकाले आउँदो अगष्ट ०७ को समय सिमा भित्रमा अधिकतम मत प्राप्त गर्ने ती ७५ मध्ये २५ प्रतिस्पर्धीले मात्र “आरबिसी उत्कृष्ट २५ आप्रवासी” अवार्ड हात पार्ने छ्न्।

त्यसैले उनलाई जिताउन क्यानाडाका नेपालीहरुले आजैबाट सामाजिक संजालमा “अनिल थापा जिताऊ अभियान” संचालन गरिसकेका छन् र उनको पक्षमा मतदान गर्न आव्हान पनि गरेका छ्न्।

क्यानाडामा लाखौंको संख्यामा आप्रवासी रहेका छन्। ती आप्रवासी मध्ये क्यानाडाको सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक लगायत विभिन्न क्षेत्रमा पुर्याउँदै आएको योगदानको आधारमा “क्यानडियन इमिग्रेन्ट म्यागेजिन” ले हरेक बर्ष उत्कृष्ट ७५ आप्रवासीलाई मनोनयन गर्ने गरेको छ। यस बर्षकोलागि त्यसरी मनोनयनमा पर्नेमा नेपाली मूलका अनिल थापाको अलावा अन्य मुलुकबाट क्यानाडा बसाई सरी आएका ठुला ब्यापारी, कलाकार, समाजसेवी लगायत रहेका छ्न्।

बिगतमा गैर आवासीय नेपाली संघ क्यानाडाको सफलतापूर्वक नेतृत्व सम्हालि सकेका र नमस्ते रेडियो टोरोन्टोका संस्थापक अनिल थापा निरन्तर समाज सेवामा समर्पित परिचीत ब्यक्तित्व भएको हुनाले उनी “आरबिसी उत्कृष्ट २५ आप्रवासी” मा पर्नेमा क्यानाडाबासी नेपाली समुदाय बिश्वस्त छन्।

रियल स्टेट र रेष्टुरेन्ट ब्यबसायमा संलग्न थापा क्यानेडीयन समाजमा एक सफल ब्याक्तित्व हुन्। हाल उनी क्यानडामा रहेकाे नेपाली सामाजीक संथा सिमा बिहिन सहयाेगी हातहरू अर्थात ” Helping Hands Without Border” Canada का सल्लाहकार पनि छन् ।

क्यानडियन इमिग्रेन्ट म्यागेजिन” को “आरबिसी उत्कृष्ट ७५ आप्रवासी” मा अनिल थापाको मनोनयनलाई नेपाली समुदायले गर्वको रुपमा लिएको छ। र, बिगत बर्षमा सोही अवार्ड जित्न सफल डा. तुलसी धरेलको इतिहास दोहोर्याउन अनिल थापा सफल हुनेमा ढुक्क छ।

उनलाई भोट गर्न यहाँ प्रस्तुत गरिएको https://canadianimmigrant.ca/canadas-top-25-immigrants/vote?fbclid=IwAR2VG91CX9v17Ijwuq1cXTsynOPOZcBLob1TvKAW1IlrziR4bqDBTO3bXcY लिंकबाट गर्न सकिने छ।

एमखवर डटकम उहाँ लाइ हार्दिक बधाइ सहित उत्कृष्ट २५ मा पुग्न अग्रिम शुभकामना ब्यक्त गर्दछ ।