“नेपाली समुदाय को एउटै आधार नेपाली घर का लागि कम्तिमा एक हजार” नारा सहित ५के वाक जुलाइ २१ मा

Events क्यानडा विशेष खेल

शेयर गर्नु होस ।

“नेपाली समुदाय को एउटै आधार नेपाली घर का लागि कम्तिमा एक हजार“ नारा सहित एआरएन क्यानडा तथा लालिग़ुराँस स्पोर्ट्स क्लब ले संयुक्त रूप ‘5K Walkathon`(5 किलोमिटर वाक) गर्दै छ । यहीं आउंदो आईतवार जुलाई 21 का दिन विहान 8:30 बजे ब्राम्टन स्थित इटोविको क्रीक ट्रेल पार्कमा हुने कार्यक्रम मा टोरोन्टो आसपास मा बसोबास गर्ने नेपाली समुदाय लाई सहभागीता का लागि एनआरएन क्यानडा र लाली गुराँस क्लब हार्दिक आमन्त्रण गरेका छन् । विगतका वर्ष हरू देखि हूँदै आएको यो परम्परा लाई पूर्णता दिँदै, नेपाली हरू विच एकता बढाउने प्रयास स्वरूप यस वर्ष पनि कार्यक्रमको पूर्ण तयारी सकिएको को कुरा कार्यक्रम संयोजक तथा लाली गुराँस क्लब का निबर्तमान अध्यक्ष उत्तम केसी ले जानकारी गराउनु भएको छ।

सबै उमेर समुहका मनिसहरु यो वाक मा सहभागी हुन सक्नेछन् , यो हामी सबैको साझा कार्यक्रम हो। एस कार्यक्रम बाट जम्मा भएको रक़म ‘नेपाली घर’ को लागी जम्मा गरिने कुरा एनआरएन क्यानडा का अध्यक्ष गोपी कृष्ण काफ्ले ले जानकारी दिनुभयो।

तेसै गरि ‘5K Walk’ बिहान 8.30 बजे बाट सुरु हुने कार्यक्रम करिव 2 घण्टामा टुङ्गिनेछ र प्रथम देखि तृतीय सम्मका प्रतिस्पर्धी लाई पुरस्कार का साथै सम्पूर्ण सहभागी लागी Light Refreshment व्यवस्था समेत गरिएको कुरा अर्का कार्यक्रम संयोजक माधव गजुरेल ले बताउनुभयो।