नेपाली साहित्य समाजको तेस्रो भर्चुअल कवि गोष्ठी क्यानडामा सम्पन्न !

प्रवास

एमखबर न्यूज डेस्क, क्यानाडा। १८ मे, २०२० ।  नेपाली साहित्य समाज क्यानाडाले आयोजना गरेको तेस्रो भर्चुअल कवि गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त गोष्ठीमा क्यानाडाको टोरोन्टो, मिसिसागा, ब्राम्टन, विण्डसोर र भ्यानकुभर लगायतका शहरहरुबाट झन्डै ३ दर्जन सष्ट्राहरुको सहभागीता रहेको थियो। क्यानाडा भन्दा बाहिर बेलायत र अमेरिकाबाट पनि सष्ट्राहरु जुट्नु भएको थियो। आईतवार बेलुकी ७ बजे सुरु भएको कवि गोष्ठी झण्डै दुई घण्टासम्म चलेको थियो। 

समाजका अध्यक्ष रविन थपलियाको स्वागत मन्तब्यबाट सुरु भएको कवि गोष्ठी डा. तुलसी धरेलको कविता वाचन संगै समापन भएको थियो। कवि गोष्ठीको संचालन समाजका महासचिव खेम गुरागाईंले गर्नुभएको थियो।

भर्चुअल कवि गोष्ठीमा सहभागीता जनाउने र कविता वाचन गर्ने स्रष्टाहरुमा अनुजा घिमिरे, अनुप न्यौपाने, अशोक खड्का, बिरेन्द्र लम्साल, देबराज सुबेदी, गोपिकृष्ण काफ्ले, गोबिन्दसिंह रावत, जयराम सिम्खडा, कपिल सुवेदी, खगेन्द्र गौतम, खेम गुरागाईँ, कुसुम ज्ञवाली, मदन बस्नेत, मनकाजी श्रेष्ठ, मुक्ति गौतम, परु पाण्डे, पुण्य सागर मरहठ्ठा, पुष्प आचार्य, रबिन थपलिया, रबिन्द्र लम्साल, रबिन्द्र घिमिरे, राधिका अर्याल, राजेन्द्र कार्की, ऋषि वास्ताकोटी, ऋषि दाहाल, शर्मिला पोख्रेल, सुदर्शन पौडेल, सुरेन्द्र राजभण्डारी, डा. तुलसी धरेल लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो।

समाजले यस भन्दा अगाडी दुईवटा शृङ्खलाहरु सफलतापूर्वक आयोजना गरिसकेको छ। र, आगामी दिनहरुमा पनि यसैगरी भर्चुअल कवि गोष्ठीका थप शृङ्खलाहरु निरन्तर रुपमा संचालन गर्दै जाने र अबको चौथो भर्चुअल कवि गोष्ठी हास्य ब्यंङग्य बिधामा केन्द्रित हुने जानकारी समाजका अध्यक्ष रबिन थपलियाले दिनुभएको छ।