नेपाली साहित्य समाज, क्यानाडाको छैठौं भर्चुअल कवि गोष्ठी सम्पन्न !

कला साहित्य मनाेरंजन

शेयर गर्नु होस ।

एमखबर न्यूज डेस्क, क्यानाडा। २७ जुलाई, २०२०।

कोरोना माहामारीका कारण सामुहिक भेटघाट र जमघट गर्न संभव नभएपछी नेपाली साहित्य समाज, क्यानाडाले भर्चुअल रुपमा आयोजना गर्दै आएको कवि गोष्ठीको छैठौं शृङ्खला हिजो साँझ आईतवार टोरोन्टोमा सम्पन्न भएको छ।

सदा झैं यस पटक पनि समाजका अध्यक्ष रविन थपलियाको स्वागत मन्तब्यबाट सुरु भएको कवि गोष्ठी महासचिव खेम गुरागाईँको धन्यवाद ज्ञापनसंगसंगै समापन भएको थियो। कवि गोष्ठीको संचालन समाजका महासचिव खेम गुरागाईंले गर्नुभएको थियो।

यस अघिको शृङ्खला जस्तै यस पटकको छैठौं कवि गोष्ठी पनि आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीमा समर्पित गरिएको जानकारी समाजका अध्यक्ष रबिन थपलियाले गराउनु भएको छ।

भर्चुअल कवि गोष्ठीमा सहभागीता जनाउने र कविता वाचन गर्नेहरुमा अनुजा घिमिरे, बिरेन्द्र लम्साल, बिष्णु पंगेनी, डा.गोबिन्दसिंह रावत, गोपिकृष्ण काफ्ले, जमुना किरण पौडेल, जयराम सिम्खडा, खेम गुरागाईँ, लिलानाथ पाण्डे, मदन बस्नेत, मनकाजी श्रेष्ठ, मोहनप्रसाद खरेल, मुक्ति गौतम, पारु पाण्डे, प्रदीप पौडेल, पुण्यसागर मरहट्टा, रबिन थपलिया, रबिन्द्र लम्साल, राधा अर्याल, रेखाकिरण पौडेल, ऋषी दाहाल, शर्मिला पोख्रेल, शिशिर पाण्डे, सुदर्शन पौडेल, सुरेन्द्र राजभण्डारी लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो।

उक्त कवि गोष्ठीमा क्यानाडाका विभिन्न शहरहरुको अलावा अमेरिका, बेलायत र नेपालबाट पनि श्रष्टाहरु जुट्नु भएको थियो।

समाजले आयोजना गरेको भर्चुअल कवि गोष्ठीमा सहभागिता जनाउनु हुने सम्पूर्ण श्रष्टा तथा सर्जकहरुलाई अध्यक्ष रबिन थपलियाले धन्यवाद दिनुहुँदै आगामी शृङ्खला अगस्ट महिनाको अन्तिम आईतवारका दिन हुने बताउनु भएको छ।