नेपाल आईडल सिजन -३ को उपाधी सज्जा चौलागाईंलाई ! आईडलको सेटमा कोरोना भेटियो !

Breaking नेपाल समाचार मनाेरंजन

एम खबर डेस्क, क्यानाडा। २८ अगस्ट २०२०। शुक्रवार राती सम्पन्न नेपाल आइडल–३ को ग्राण्ड फिनालेमा सज्जा चौलागाईंले बाजी मारेकी छिन् । नेपाल आइडलको स्टुडियमै सम्पन्न ग्राण्ड फिनालेमा सज्जाले अर्का प्रतिस्पर्धि प्रविन बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै नेपाल आइड सिजन ३ को विजेता बनेकी हुन्।

नेपाल आइडलका तिन प्रतिष्पर्धि ।

ग्राण्ड फिनाले कार्यक्रममा फिनालेमा पुगेका तिनै जना प्रतिस्पर्धीका अलावा अन्य प्रतिस्पर्धीहरुले पनि आ-आफ्नो सांगीतक प्रस्तुती दिएका थिए । कार्यक्रममा उपाधी विजेता सज्जा चौलागाईंले ५० लाख, फस्ट रनर अप प्रविन बेडुवालले १० लाख नगद र सेकेन्ड रनर अप किरणकुमार भुजेलले ५ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।

दर्शकले विश्वभरबाट दिएको winstrol injectable cycle for sale भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।

नेपाल आईडलको सेटका एक जनामा कोरोना संक्रमण देखिएपछी आईडल सेटका सम्पूर्ण प्रतिस्पर्धी, निर्णायक, संगितकार र अन्य सहभागी सदस्यहरुलाई आईसोलेसनमा राखिएको छ। कोरोना कसलाई लागेको हो, त्यो खुलाईएको छैन। यस संगै नेपाल आईडल कार्यक्रमको निरन्तरताले पनि अनिश्चितता लिएको छ ।