नेपाल क्यानडा द्वैत्य सम्बन्ध ५४ बर्षमा, भबिष्यमा नेपाल घुम्न जाने ब्राम्पटन मेयर प्याट्रिक ब्राउन ।

विश्व समाचार

राजु थापा, क्यानडा ।

जनवरि १४, २०१९

नेपाल क्यानडा दौत्य सम्बन्ध कायम भएको ५४ बर्षको पुनित अवसरमा कन्सर्न नेपाल, क्यानडाले जनवरि १३ मा नेपाल क्यानडा सम्बन्ध विकासमा क्यानडा निवासी नेपालीहरुको भूमिका बिषयक एक बिचार गोष्ठिको आयोजना गर्यो ।

कार्यक्रममा ब्राम्पटन सिटी मेयर प्याट्रिक ब्राउनले क्यानडामा रहेका नेपाली तथा नेपाली समूदायको बृहत्तर बिकाशको लागि हरपल सहयोग गर्ने बताएका छन् साथै उनले निकट भविष्यमा आफू गोर्खालि, गौतम बुद्ध र माउण्ट एभरेष्टको नामले बिश्वमा चिनिने नेपाल जाने आकांक्षा रहेको समेत जनाएका छन् ।

उनले नजिकिदै गएको नेपाली नयाँ बर्ष मनाउनका लागि आबस्यक परेमा नेपाली समूदायलाई सिटिहल उपलब्ध गराउने समेत उल्लेख गरेका छन् । उक्त कार्यक्रममा मेयर ब्राउनलाई बिशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका क्यानडाका लागि नेपाली राजदुत महामहिम काली प्रशाद पोख्रेलले आफ्नो कार्यकालमा नेपाल तथा क्यानडाको सम्बन्ध बिस्तारमा गरेका योगदानको बारेमा जानकारी गराएका थिए ।

महामहिम पोख्रेल आफ्नो ४ बर्षे कार्यकाल पुरा गरि नेपाल जादै छन् । साथै उनले आफू नेपाल सरकारको प्रतिनिधि भएर क्यानडामा बसि काम गर्दा क्यानडा बासि नेपाली दाजु भाई दिदि बहिनीहरु लगायत सम्पूर्ण संघ संथाहरु बाट पाएको साथ सहयोग प्रति खुसि ब्यक्त गर्दै सबैलाई धन्यवाद सहित आभार ब्यक्त गरेका छन् ।

ब्राम्पटन सेन्टरका लिबरल पार्टि बाट प्रतिनिधि सभाका सांसद रमेश साँगाले क्यानडामा रहेका नेपाली तथा नेपाली समूदायका लागि क्यानडा सरकार तथा आफ्नो तर्फ बाट सहयोग गर्ने जानकारी आफ्नो अनुपस्थितिमा प्रतिनिधि जयनारायण मार्फत पठाएका थिए ।

कार्यक्रममा क्यानेडिएन मल्टिकल्चरल काउन्सीलका निबर्तमान अध्यक्ष जेई चांग र महासचिव जोसेफ सिओरले नेपाल तथा क्यानडाको सम्बन्धमा अझ बिस्तार गरि नेपाल र नेपालीको विकास गर्ने कार्यमा काउन्सीलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

त्यसैगरि एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले क्यानडामा नेपालीहरुको अनुमानित संख्या चालिस पचास हजार रहेको र नेपाल तथा क्यानडाको दोहोरो सम्बन्ध अझ गाढा बनाएर लानको लागि ब्यापारीक गतिबिधिको सम्बन्ध बलियो हुनु पर्ने अपरिहार्य रहेकोले त्यसमा एनआरएनए क्यानडा लागि परेको समेत बताएका छन् ।

कार्यक्रममा जिटीएमा रहेका बिभिन्न संघ संथाका प्रतिनिधिहरु लगायत सामुदायिक ब्यक्तित्वहरुले नेपाल क्यानडा सम्बन्ध बिकाशमा प्रवासी नेपालीहरुको भूमिका कस्तो हुन पर्छ भन्ने बिषयमा आआफ्ना धारणा राखेका थिए ।

दश बर्ष अधि क्यानडा नेपाल सम्बन्ध विस्तार गर्न क्यानडाको तर्फबाट ध्यान आक्रिस्ट गराई सरकारलाई ओर्कआउट गर्न सजिलोका लागि भूमिकाका लागि स्थापना गरिएको कन्सर्न नेपाल क्यानडाले प्रत्यक बर्ष नेपाल र नेपालीको प्रत्यक्ष सरोकार राख्ने खालका गतिबिधिहरु क्यानडामा गर्दै आईरहेको छ । स्मरणिय के छ भने क्यानडामा नेपाली राजदुताबास स्थापना भएको १० बर्ष पनि भएको छैन भने नेपालमा क्यानेडिएन दुतावास अझै सम्म पनि स्थापना भएको छैन जसले गर्दा क्यानडा आउन चाहने नेपालीहरुले भिसा लिनको लागि ईन्डिया जानु पर्ने वा पठाउनु पर्ने बाध्यता छ ।

कार्यक्रमको आयोजक कन्सर्न नेपाल क्यानडामा कुनै पनि पद नभएको र संथा संग आबद्धता भएका वा नभएका सवै जना भोलेन्टिएरको रुपबाट सामाजीक कार्यको रुपबाट कार्य गर्दै आईरहेका छन् साथै यो कुनै राजनितिक आस्था, पक्ष, गुट उपगुट संग आबद्धता र संलग्न समेत भएको छैन । यसको उत्थान गरि नेपालको कन्सर्नमा क्यानडाले खेल्नु पर्ने भूमिकामा प्रत्यक्ष सक्रिय रुपमा संथाको तर्फबाट चन्द्र राई, डा.तुल्सी धरेल, गोविन्द सिवाकोटी र शुवाष बि.क. लागि परेको पाईन्छ । कार्यक्रमकाे शुभारम्भमा दुवै देशकाे राष्ट्रिय गान बजायर गरिएकाे  थियाे ।