नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रबर्दनकाे उद्घाटन ७ सेप्टेम्वरमा मिसिसागामा ।

Events नेपाल समाचार विश्व समाचार

हिक्मत रावल, क्यानडा ।

विश्वमा नेपालको गौरवमय पहिचान झल्काउँदै, नेपालको पर्यटन प्रवद्र्धन, आर्थिक, सामाजिक, सांस्कृतिक श्रीवृद्धि एवं स्मृद्धिका लागि क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंचले यस पटक नेपाल सरकारले घोषणा गरेको Visit Nepal 2020 अभियानलाई सफल तुल्याउन नेपाल पर्यटन बोर्ड क्यानाडाको समन्वयमा क्यानाडाको मिसिसागामा सिंगो नेपालको पर्यटकीय झल्को दिने गरी मिसिसागा शहरकाे बसहरूमा भ्रमण बर्षकाे हुन गइरहेको बिज्ञापन उद्घाटनमा नेपाल पर्यटन बोर्ड, क्यानाडास्थित देपाली दूतावास, क्यानाडामा रहेका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ, दिदीवहिनीको सदिच्छाबाट प्रेरित भएर नै नेपाल चिनाउने र विश्वको यो कुनाबाट पर्यटकहरु नेपाली पुगून भन्ने पवित्र उद्धेश्यका साथ तलकाे मिति र समयमा सम्पूर्ण जिटिए बासी नेपाली दाजु भाइ दिदि बहिनीहरूमा उपस्थितिकाे लागि क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंच हार्दिक अनुरोध गर्दछ ।

कार्यक्रम हुने मितिः सेप्टेम्बर ०७, २०१९, शनिवार

स्थानः 4300 Riverwood Conserevancy Park मिसिसागा

समयः बिहान १० बजे