नेप्लीज क्यानेडियन क्रिकेट क्लबले स्थानीय टोरोन्टोमा क्रिकेट लिग खेल्दै ।

क्यानडा विशेष खेल

शेयर गर्नु होस ।

केहि बर्ष अघि मात्र जिटिएमा स्थापना भएको नेप्लीज क्यानेडियन क्रिकेट क्लबले दोश्रो पटक स्थानीय टोरोन्टोमा आयोजना हुन लागेको क्रिकेट लिगमा भाग लिन लागेको छ । जिटिए स्थित नेपाली समूदाय बिच क्रिकेट खेल प्रति आकर्षण बढ्दै गैरहेको छ । ब्यस्त समय र महंगो खेल सामाग्रिको बाबजुद पनि नेपालीहरुको दिनानु दिन आकर्षण बढ्नुले भबिष्यमा नेपालीहरुले क्यानडामा समेत क्रिकेटको माध्यमद्धारा नेपाल र नेपाली सान राख्न सक्ने देखिन्छ ।

क्लवले मे ४ मा एभरेष्ट तेक्वान्दोको सभाहलमा आयोजना गरेको पत्रकार भेटघाट तथा भावि सहभागितको बारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरेको कार्यक्रममा क्लवलाई हरेक क्षेत्रबाट साथ सहयोग गर्ने प्रायोजकहरुलाई खादा मार्फत सम्मान समेत गरेको थियो ।

नेपाल देखिनै क्रिकेट खेल प्रति लगाव भएका क्रिकेट प्रेमिहरु दिनानुदिन आत्मबिश्वासका साथ अगाडि बढ्दै छन् । क्लबका अध्यक्ष ईमरान खानले नेपाल छदै क्रिकेट खेल प्रति लगाव भएकै कारण निरन्तरताका लागि क्लव जन्माएका हौ, अब क्रमशः उचाईमा पुग्नेछौ भनेका छन् ।

एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले क्यानडामा नेपाल र नेपाली चिनाउन यसले ठूलो महत्वपूर्ण भूमिका निर्वाह गर्ने र भबिष्यमा यसलाई ब्यक्तिगत र संथागत हिसावले हर क्षेत्रमा आफू सहयोग गर्न तयार रहेको बताएका छन् ।

क्लवले आगामी मे ११ देखि टोरोन्टोमा हुन गैरहेको मिसिसागा क्रिकेट लिग खेल्दैछ र त्यसको नेतृत्व मानबहादुर बिकेले गर्नेछन् । क्लवका खेलाडीहरुलाई नेपाली राष्ट्यि टोलीका क्रिकेटर नरेश बुढाऐरले स्वयंसेवीको रुपबाट प्रशिक्षण दिईरहेका छन् ।

क्यानडा स्थित जिटिएमा छरिएर रहेका नेपाली समूदायका सदस्यहरु बिच खेलमार्फत एकताबद्ध लगायतका सामाजीक गतिबिधिहरुमा क्रियाशिल बनाउन सहयोग मिल्ने सहभागिहरुले आशा लिएका छन् ।

कार्यक्रमको शुरुमा क्लबका उपाध्यक्ष बिपिन पराजुलीले सबै उपस्थितहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको बारेमा सचिव निराजन श्रेष्ठले क्लवका गतिबिधिका बारेमा प्रष्ट पारेका थिए । एनआरएन क्यानडाका यूथ संयोजक क्रिजल केसीले संचालन गरेको कार्यक्रमको सभातित्व अध्यक्ष ईमरान खानले गरेका थिए ।

नेप्लीज क्यानेडियन क्रिकेट क्लबको मिडिया पार्टनरको रुपमा एबिसि ईन्टरनेशनल मिडिया ( aimkhabar.com ), नमस्ते रेडियो र क्यानडा खबर डटकम रहेका छन् ।

फाेटाे साैजन्यः रामकाजी माेक्तान, ब्रामटन ।