नेबिसंघद्वारा बिरोध प्रदर्शन !

नेपाल समाचार राजनीति

काठमाडाैं । १५ जून २०२०। कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको छ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने माग राखेर नेबिसंघले आज काठमाडौमा प्रदर्शन गरेको हो। जनता मरेपछि पीसीआर परीक्षण हुने प्रवृत्तिको अन्त्य गर्दै रुकुम घटनाका दोषीलाई पनि कडा कारवाही हुनुपर्ने माग पनि उनीहरुले गरेका थिए।

बिजुली बजारबाट नाराबाजी गर्दै ठूलो संख्यामा विद्यार्थीहरु बानेश्वर पुगेका थिए।

‘हेलो प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस, सरकार १० अर्बको हिसाब खोइ ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथि, निन्द्रा तिमीलाई पनि पटक्कै नलाग्दो हो सुत्न खोज्दा राति’ जस्ता नारा लेखिएका प्लेकार्ड विद्यार्थीहरुले बाेकेका थिए।