नेयमारमाथि बलात्कारको आरोप लगाउने महिला र नेयमारबीच कुटाकुट, लीक भयो भिडियो (भिडियोसहित)

खेल विश्व समाचार

शेयर गर्नु होस ।

एजेन्सी,
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार तथा ब्राजिलियन खेलाडी नेयमार उनलाई बलात्कारको आरोप लगाउने महिलाबीच कुटाकुट भएको भिडियो बाहिरिएको छ ।

नेयमारबाट फ्रान्सको राजधानी पेरिसको एक होटलमा बलात्कृत भएको दाबीसहित एक युवतीले ब्राजिल प्रहरीमा जाहेरी दिएकी थिइन् । ती युवतीको पहिचान गोप्य राखिएको छ । आफूलाई प्लेन टिकट र होटल बुक गरिदिएका नेयमारले गत मे १५ मा बलात्कार गरेको ति महिलाले आरोप लगाएकी थिइन् ।

बलात्कृत भएको दुई दिनपछि स्वदेश फर्किएर उनले उजुरी गरेपनि १५ दिनपछि मात्र घटनाको रहस्य बाहिर आएको बताइएको छ । पेरिसमा उजुरी गर्दा असुरक्षित हुने भएकाले ब्राजिलमा फर्किएर उजुरी गरेको ती महिलाले प्रहरीसँग बताएकी थिइन् ।

इन्स्टाग्रामबाट चिनजान भएपछि नेयमारले ती युवतीलाई ब्राजिलबाट पेरिस आउने प्लेन टिकट र बस्नका लागि होटल सोफिटेल पेरिस आर्क डु ट्रियोम्फमा कोठा बुक गरिदिएका थिए ।

गत १५ मे मा मदिरा सेवन गरेर होटल पुगेका नेयमारले सामान्य गफगाफपछि बलात्कार गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यद्यपि, नेयमारले सो आरोपको खण्डन गर्दै झुठ भएको बताउँदै आएका छन् । उनले भिडियोमा ति महिलाले आफूलाई फसाउन खोजेको बताएका थिए । यस्तैमा हालै एउटा भिडियो लीक भएको छ । जहाँ, नेयमार र ति महिलाबीच कुटाकुट भएको देखिन्छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सो भिडियो नेयमारमाथि बलात्कारको आरोप लगाउने महिलाले खिचेको जनाएका छन् । यो भिडियो बाहिरिएसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खलबली मच्चिएको छ ।

तर, नेयमारले यस भिडियो लीक हुँदासम्म यस विषयमा बोलेका छैनन् । तर, नेयमारका बुबा नेयमार सान्तोष सिनियरले भनेका नेयमारविरुद्ध ति महिलाले षडयन्त्र गरेको बताएका छन् । उनले भनेका छन्, ‘ती महिलाले कोठामा पस्नुअघि नै भिडियो रेकर्ड गरेकी छन् । यो भिडियोले प्रष्ट पार्छ कि, उनले नेयमारमाथि षडयन्त्र रचेकी छन् । यो उनको फसाउने प्रयास हो ।’