नेवा गुठि द्धारा नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदान तथा पुजा कार्यक्रम सम्पन्न

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

क्यानेडियन नेवा गुठिले करिब १० बर्ष देखि निरन्तर रुपमा आयोजना गर्दै आएको नेपाली नयाँ बर्षको शुभकामना यस बर्ष पनि २०७६ सालको शुभारम्भ संगै नेपाली हेरिटेज सेन्टर पशुपतिनाथ मन्दिर ब्रामटनमा बिबिध पुजाआजा सहित यहि मे ५ मा सम्पन्न गरेको छ ।

कार्यक्रमको शुभारम्भमा नेपाली लोक सांगितिक संकृतिको प्रबद्र्धन तथा प्रचारको उद्धेश्यले हिमालयन भाईब्सद्धारा संचालित मादल प्रशिक्षण कार्यक्रममा सहभागिहरुले नेपाली सांगेतिक धुनहरुको प्रस्तुतिमा मादल बजाई आफ्नो बेजोड प्रस्तुति गरेका थिए ।

३३ वटा बाद्दे बाजाहरु एकै पटक बजाएर बिदेशमा समेत आफ्नो क्षमता देखाईसकेका मादल प्रशिक्षक नेपालका प्रसिद्ध मादल बादक सानुराजा महर्जनले नेपाली समूदायमा मादल प्रशिक्षण गराउदै आईरहेका छन् ।

कार्यक्रममा गुठिका अध्यक्ष प्रकाश प्रधानले मातृभूमिबाट टाढा रहेपनि यस्ता खालका कार्यक्रमहरुले समूदाय बिच भाईचारा अभिबृद्धि हुनुका साथै आफ्नो संकृतिको जगेर्ना हुने बताउनु भएको थियो ।

गुठिका महासचिव बिमल मान श्रेष्ठ र एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले समेत नेपाली सांगेतिक प्रस्तुतिमा मादलको संयूक्त प्रस्तुति गर्नु भएको थियो ।

स्मरणिय के छ भने, क्यानेडियन नेवा गुठिले नेवारी समूदायको पर्बहरु मँह् पुजा, समायबजि, लाखे नाच लगायत सामाजीक कार्यहरु रक्त दान, फ्रि ट्याक्स ल्किनिक जस्ता कार्यक्रमहरुको आयोजना गर्दै नेपाली समूदायमा सेवा पुर्याउदै आईरहेको छ ।