नेसासको भर्चुअल कविता गोष्ठि मे १७ मा !

क्यानडा विशेष

एमखबर न्यूज डेस्क, क्यानाडा। १५ मे, २०२० ।  नेपाली साहित्य समाज क्यानाडाले मे १७, आईतबारका दिन बेलुका ७ बजे भर्चुअल कवि गोष्ठीको आयोजना गर्दैछ। 

पूर्व सूचना बिना कार्यक्रमको बीचमा कविता वाचन गर्न खोज्दा पूर्वनिर्धारित क्रम बिग्रने र अनावश्यक अलमल पैदा हुने भएकोले कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न कविता वाचन गर्न चाहने महानुभावहरुले समय मै आफ्नो नाम समाजका अध्यक्ष रविन थपलिया वा महासचिव खेम गुरागाईंलाई उपलब्ध गराईदिन अनुरोध गरेको छ।

समाजले यस भन्दा अगाडी दुईवटा शृङ्खलाहरु सफलतापूर्वक आयोजना गरिसकेको र भोलिको शृङ्खला तेस्रो प्रयास रहेको जानकारी समाजका अध्यक्ष रबिन थपलियाले दिनुभएको छ।