परराष्ट्र मन्त्रालय, कन्सुलर विभागको एप्स सञ्चालनमा

नेपाल समाचार

परराष्ट्र मन्त्रालय कन्सुलर विभागले सेवालाई सुलभ, पारदर्शी र प्रभावकारी बनाउन मोवाईल एप्स प्रयोगमा ल्याएको छ । 

विभागले आज काठमाडौमा कार्यक्रम गरी एन्ड्रोईड र आई ओ एस दुवै मोवाईलमा प्रयोग गर्न सकिने ‘नेपाल कन्सुलर मोवाईल एप्स’ सार्वजनिक गरेको हो । 

कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले एप्सको प्रयोगले वैैदेशिक रोजगारमा जाँदा हुन सक्ने ठगी बाट कामदारलाई बचाउन, आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन, सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार गर्न र रोजगरीका क्रममा मृत्यु हुने कामदारको शव स्वदेश झिकाउन सहयोग पुग्ने बताउनुभयो । 

एप्स प्रयोग कर्ताले कन्सुलर विभागको सेवा लिन आवश्यक कागजपत्र र प्रकृयाका बारेमा जानकारी लिन, निवेदन दर्ता गर्न र निवेदनमाथिको कारवाही कहाँ पुगेको छ भन्ने जानकारी पाउन सक्ने कन्सुलर विभागका महानिर्देशक गहेन्द्र राजभण्डारीले कार्यक्रममा जानकारी दिनुभयो ।