पहिलो हाफमा इङल्यान्ड अगाडि-युरोकप

क्यानडा विशेष

शेयर गर्नु होस ।

युरोकप फुटबलको फाइनल खेलमा पहिलो हाफ सकिदाँसम्म इङ्ल्यान्ड १–० ले अघि देखिएको छ । लण्डनस्थित बिम्बली रंगशालामा खेलको दोस्रो मिनेटमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । 

युरोकपको फाइनल खेलमा यो नै सर्वाधिक छिटो गोल हो । यसअघि १९६४ को फाइनलमा स्पेनका चुस पेरेडाले ५ मिनेट १७ सेकेन्डमा गोल गरेका थिए । लुईस सुआरेजको क्रसमा पेरेडाले गरेको गोलको किर्तिमान ५७ वर्षपछि ब्रेक भएको हो । 

फाइनलमा छिटो गोल गर्ने किर्तिमान शाको नाममा रहेपनि युरोमा छिटो गोल गर्ने किर्तिमान दिमिट्री किरिचेन्कोको नाममा छ । ग्रिसविरुद्धको खेलमा सन् २००४ मा किरिचेन्कोले रुसका लागि एक मिनेट सात सेकेन्डमा गोल गरेका थिए ।