पाँच वर्षपछि फेरि भिडियोमा देखिए इस्लामिक स्टेटका प्रमुख बग्दादी

विश्व समाचार

पाँच वर्षपछि इस्लामिक स्टेट (आइएस)का प्रमुख अबु अल बकर बग्दादी बोलेको एक भिडियो सार्वजनिक भएको छ।

सो भिडियोमा बग्दादी भनेर बोलेका व्यक्तिले सिरियामा मारिएकाहरूको बदलाका रूपमा ८ देशमा दर्जनौ आक्रमण गरेको बताएका छन्। सार्वजनिक भिडियोमा उनले सिरियामा गुमाएको भूभागको बदला लिने भनाइ राखेका छन्।

उनी सन् २०१४ यता देखिएका थिएनन। सार्वजनिक भएको भिडियोमा बागुजमा आफूहरू पराजित भएको स्वीकार गरेका छन्।

भिडियो कहिलेको हो भन्नेमा केहि स्पष्ट छैन्। आइएसले अप्रिलमा उक्त भिडियो लिइएको जनाएको छ। सो भिडियो फुटेज मिलिटेन्ट समूह आह-फुरकानको संचार संजालमा पोस्ट भएको छ।

भिडियोमा बग्दादीले श्रीलंकामा इस्टर सन्डे आक्रमण इराकी शहरको हारको बदलास्वरूप घटाइएको बताएका छन्।

यस्तै उनले सो भिडियो संदेशमा बुर्किना फासो तथा मालीका विद्रोहीबाट सहयोग मिलेको खुलासा गरेका छन्। उनले जिहाद नै तानाशाही विरूद्धको समाधान भएको धारणा राखेका छन्। उनले भिडियोमा सुडान र अल्जेरियाको विरोधका बारेमा पनि उल्लेख गरेका छन्।

त्यस्तै सार्वजनिक भिडियोको अन्तिममा भने बग्दादीको तस्विर हराउँछ र श्रीलंका हमलाका बारेमा गरेको छलफलको आवाजमात्र बज्छ। सो भाग प्रमुख भिडियोको छायाँकन सकिएपछि भएको जनाइएको छ।

यसअघि सिरिया हमलामा उनको मृत्यु भएको ठानिदैं आइएको थियो।
एजेन्सी