पानको पात यसरी गाउँथे युवराज दिपेन्द्र ( भिडियो सहित)

नेपाल समाचार

दरबार ह ,त्या का ण्डका मुख्य पात्र युवराज दीपेन्द्र शाह बहुप्रतिभाशाली थिए । उनी लोकगीत गाउन खप्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे ।

जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हा ली हा ली जोसका साथ गाउँथे ।पढाईमा समेत अब्बल थिए । पीएचडी गर्ने धोकोका साथ भूगोल अध्ययन गरेका थिए । भूगोल कठिन विषय हो । उनी भूगोलमा एमए गरिसकेका थिए । त्रिभुवन विश्वविद्यालयबाट भूगोलका गोल्ड मेडलिष्ट पनि हुन् । दीपेन्द्र खेलकुदमा पनि अब्बल थिए । उनको मनपर्ने खेल बक्सिङ थियो । आफै बक्सिङ पनि खेल्थे ।

दरबार ह ,त्या का ण्ड हुँदा उनी २९ वर्षका थिए । विवाहको विषय चलिरहेको थियो ।

राज दरबार ह, त्या काण्ड छानविन आयोगका अनुसार पारिवारिक भोजमा उनैले आफ्ना परिवारहरूको ह ,त्या गरिदिएका हुन् । यो जुन १, २००१ को साँझको कुरा थियो । आयोगले दीपेन्द्रले आफ्ना पिता–माता, भाइ–बहिनी लगायतको ह, त्या गरी आफूले आफ्नै टाउकोमा गो ली हा नी आ त्म ह,त्या गरेको जनाएको थियो ।

सरकारले गठन गरेको आयोगको आधिकारिक भनाइअनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूलाई आम सं हार गरेका थिए । किनभने उसको विवाहको बारेमा परिवारमा विवाद चुलिएको थियो । विवाद सृजनाले उनी अत्यन्त रूस्ट थिए । दिपेन्द्रको चाहना थियो दुलहीको रूपमा देवयानी राणालाई दरबार भित्याउने ।

देवयानी राणा राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाका छोरी हन् । राणा वेराज इतिहासमा पशुपती शम्शेर राणाहरू ‘ग’ वर्गका राणाहरू हुन् । राणा र शाह खानदान बीच वैवाहिक सम्बन्ध स्थापित हुने एउटा परम्परा थियो ।

यद्यपि, राजपरिवारका शाहहरूले ‘क’ वर्गका राणाहरूस“ग मात्रै विवाह गर्दथे । ‘क’ श्रेणीका राणाहरूले आफूलाई श्री ३ घो षित गर्दै २००७ साल सम्म नेपालमा आफ्नो शा षन चलाएका थिए । जसलाई हामी १०४ वर्षको राणा शासन भनेर बुझ्दछौं । यी दुई महाराज वंशजहरूको नेपालमा वैवाहिक सम्वन्धको लामो इतिहास छ ।

सरकारी छानविन आयोगको भनाइअनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना विरूद्व उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन् । यसैकारण, दिपेन्द्रले नियमित शाही भोजमा परिवारको ह, त्या गरिदिएका हुन् ।

मृतकहरूमध्ये दिपेन्द्रका बुवा तत्कालीन राजा वीरेन्द्र, आमा, भाइ र बहिनी पनि थिए । भनिन्छ— त्यसपछि दिपेन्द्रले आफ्नै टाउकोमा पे ,स्तो ल प ड्का  ए । दिपेन्द्रले तीन दिनसम्म को मा मा मृत्युसँग स ङ्घ र्ष गरे । यसै बेला अस्पतालको शैयामै उनलाई राजा घोषित गरिएको थियो । उनको जुन ४ मा मृत्यु भयो । लगत्तै उनका काका ज्ञानेन्द्र राजा भए ।