पार्टीलाई कम्पनीमा परिणत गर्ने प्रयासविरुद्ध भेलाले अभिमत व्यक्त भयो : भट्टराई

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल पक्षका नेता योगेश भट्टराईले पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने प्रयासविरुद्ध राष्ट्रिय भेलाले महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

राष्ट्रिय कायकर्ता भेलाबारे विज्ञप्ति जारी गर्दै भट्टराईले एमालेलाई कम्पनीमा रुपान्तरण गर्ने प्रयासविरुद्ध भेलामार्फत अभिमत व्यक्त भएको उल्लेख गरेका हुन् ।

विज्ञप्तिमा भेलाको पहिलो दिनको समीक्षा गरिएको छ । भेलामा प्रस्तुत गरिएको ९ पृष्ठ लामो प्रतिवेदनमा “पार्टीमा स्वेच्छाचारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनकाविरुद्धमा दृढतापूर्वक लड्नुबाहेक अरु कुनै उपाय नभएको” उल्लेख छ ।