पिपलको पातका यस्ता छन् आश्चर्यजनक फाइदाहरु

विविध

शेयर गर्नु होस ।

काठमाडौं – पिपल वैज्ञानिक र धार्मिक दृष्टिकोणले धेरै नै महत्वपुर्ण मानिन्छ । हामिले धेरै ठाउँमा पिपलको पूजा गरेको पनि देखेका छौं । पिपल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले पनि फाइदाजनक छ ।

२४ घण्टा नै अक्सिजन दिने पिपललाई औषधि बनाउन पनि प्रयोग गरिन्छ । यसको जरा, बोक्रा र पातका धेरै फाइदाहरु छन् । तर आज हामि पिपलको पातको फाइदा बारे मात्र जानकारी दिन्छौ । पिपलको पातले हामीलाई लाग्ने धेरै रोगहरुबाट बचाउन सहयोग गर्छ ।

यदि तपाईलाई रुघा खोकी लागेको छ भने पनि यसले औषधिको काम गर्छ । पिपलका ५ ओटा पातलाई राम्रोसँग पखालेर दुधसँग उमाल्नुहोस् र चिनी हालेर बिहान बेलुका पिउनुहोस् रुघा खोकी ठिक हुन्छ ।

त्यस्तै पिपलको पातले मुटुसम्बन्धी रोगबाट पनि बचाउछ । यसको १५ वटा हरियो राम्रो पात लिनुहोस् र तलमाथिका भागको काटेर फाल्नुहोस् । सफा पानीले पखालेर एक गीलासमा पानीमा उमाल्नुहोस् र उम्लिएपछि सेलाउन राख्नुहोस् । सेलाएपछि सफा कपडाले छानेर ३ खुराक खानुहोस् ।

यसरी खानाले हृदयघातको सम्भावना कम गर्छ । त्यस्तै दाँतको लागि पनि पिपल फाइदाजनक छ । पिपलको डाँठलाई दाँतुनको रुपमा प्रयोग गरेमा दाँत सफा हुन्छ । १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई पिसेर मंजन बनाएर दाँत माजेमा दाँत सम्बन्धि रोगहरु लाग्दैन ।

त्यस्तै पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर घाममा सुकाउनुहोस् र मनतातो पानीसँग पिउदा दम रोगबाट टाढा हुन सहयोग पुग्छ । त्यस्तै निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा राम्रो हुन्छ ।