पूनः रक्तदान सम्पन्न, क्यानेडियन ब्लड सर्भिसेजबाट नेपाली समुदायलाई धन्यबाद ।

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

दिपक गौतम, ब्रामटन । गैर आवासिय नेपाली संघको रक्तसंचार पद्दती एवं विकास समितिले एन आर एन क्यानडासंगको सहकार्यमा संचालन गरेको रक्तदान कार्यक्रम यहि शनिबार मिसिसागामा सम्पन्न भएको छ ।

नेपाली नयाँ बर्षको उपलक्षमा संचालन गरिएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । क्यानेडियन ब्लड सर्भिसको मिसिसागा स्थित हर्टल्याण्ड रक्त संकलन केद्रमा दिउसो ११ देखि १ बजेसम्म सम्पन्न रक्तदान कार्यक्रममा करिब ३० भन्दा बढीको उपस्थिती रहेको थियो । क्यानेडियन ब्लड सर्भिसेजको रिक्याएरमेन्ट नपुगेका कारण १८ जनाको मात्र ब्लड लिइएको थियो ।

गैरआवासिय नेपाली संघको आठौं विश्वसम्मेलनले २०१७-१९ का लागी नयाँ नेतृत्व चयन गरेपछि नेदरल्याण्डका फडिन्द्र पन्तको संयोजकत्वमा एनआरएनएको रक्तसंचार पद्दती एवं विकास समिति गठन भएको हो । सो समितिमा क्यानडाबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने दिपक गौतम र सुरेसराज गौतमलाई समाबेस गरिएको थियो । रक्तसंचारका क्षेत्रमा नेपालमा र क्यानडामा काम गरिसकेका शुरेसराज गौतमको संक्रियतामा २०१८ मा पुन रक्तदान कार्यक्रम शुरु गरिएको हो । २०१३ मा एन आर एन क्यानडाले पहिलो पटक रक्दान सम्पन्न गरेको एन आर एन क्यानडाका अध्यक्ष गोपि काफ्लेले बताए । त्यसयता २०१८ साल सम्म रक्तदान भएको थिएन । गैर आवासिय नेपाली संघ अन्तरगतको रक्तसंचार पद्धति एवं विकास समितिले एनआरएन क्यानडा संगको सहकार्यमा यसअघि २ पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २०१८ को सेप्टेम्वरमा जिटिएको ब्राम्टन र स्कारबारोमा पनि रक्तदान सम्पन्न भएको हो ।

गत शनिबार सम्पन्न रक्तदानमा रक्तसंचार पद्दती एवं विकास समितिका सदस्य अर्जुन प्रसाद मैनालिले १ सय ७० औ पटक रक्तदान गरेका थिए । मैनालिले क्यानडामा धेरैपटक रक्तदान गर्ने व्यक्तिहरुलाई वल्र्ड व्लड डोनर पिन समेत लगाइदिएका थिए ।

यसैगरि हालसम्म क्यानडामा रक्तसंकलन कार्यमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

एक जना व्यक्तिको रगतले ३ जनाको जिबनरक्षा गर्न सकिने भएकाले क्यानडामा नेपालीहरुले सक्रियताका साथ रक्तसंकलनमा लागेको भन्दै क्यानेडियन रक्तसंचार सेवाले रक्तसंकलन कार्यक्रमका संयोजक शुरेसराज गौतमलाई इमेल गरि नेपाली समुदायलाई धन्यबाद दिएको छ ।