पूर्ब राजा ज्ञानेन्द्रद्वारा ओली सरकारको प्रशंसा

नेपाल समाचार

एमखबर न्यूज डेस्क, क्यानाडा। १९ मे, २०२०। पूर्ब राजा ज्ञानेन्द्र शाहले मन्त्रिपरिषद्ले सोमवार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ आधिकारिक नक्सा स्वीकृत गरेकोमा खुशी ब्यक्त गर्दै बर्तमान सरकारको प्रशंसा गरेका छन्।

उनले ट्विटर मार्फत नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न र सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट हल गर्ने दायित्व सरकारको नै भएको बताएका छ्न्। र, यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जान सरकारलाई सुझाव पनि दिएका छ्न्।