पूर्वमा जनसरकार बनाउँदै विप्लव

नेपाल समाचार

शेयर गर्नु होस ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारे लगाएको प्रतिबन्ध तोड्दै पूर्वी नेपालमा आफ्नो राजनीतिक गतिविधि तिब्र बनाएको पाइएको छ ।

यसैक्रममा भूमिगत सो पार्टीले सिरहा जिल्लाको मिर्चैया नगरपालिका ९ मा जनप्रतिनिधि सभाको जिल्ला भेला गरेको जनाइएको छ ।

भेला गंगा मुखियाको अध्यक्षतामा जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेको प्रमुख र अमर क्षेत्रीको विशेष उपस्थितिमा सम्पन्न भएको समाचारमा जनाइएको छ ।

भेलाबाट करण यादवको नेतृत्वमा २१ सदस्यीय जनप्रतिनिधि सभा र भक्तबहादुर कार्कीको नेतृत्वमा ९ सदस्यीय जनसरकार गठन गरिएको छ ।

त्यसैगरी सिरहामै सो पार्टी निकट दलित मुक्ति मोर्चा नेपालको पनि जिल्ला भेला सम्पन्न भएको छ । सो प्रथम जिल्ला भेला भएको जनाइएको छ ।
दलितहरुको सो भेलाले रामचन्द्र सदाको नेतृत्वमा १३ सदस्यीय कार्यकारी समिति चयन गरेको छ ।