पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक संजाल यस्तो भावनात्मक टिप्पनी गरेपछि…

मनाेरंजन

शेयर गर्नु होस ।

पूर्वयुवराज्ञी हिमानी शाह र पति पारस शाहको बैबाहिक जीवनमा एक दशकदेखि दरार छ । लामो समय थाइल्याण्डमा प्रेमिका कन्नीकासँग बसेका पारस केही समयदेखि नेपालमै छन् । तरपनि हिमानी र पारस एउटै क्षतमुनी बस्दैनन् । हिमानी निर्मल निवासमा छिन् भने पारसको बसाई काठमाडौंका विभिन्न स्थानमा सरीरहेको छ ।

पतिसँग सम्बन्ध विग्रेपनि पूर्वराजपरिवारमा उनको सम्बन्ध भने निकै मजबुत छ । यही मजबुत सम्बन्ध र पतिको प्रेमलाई लिएर उनले सामाजिक सञ्जालमा भावनात्मक अभिब्यक्तिहरु दिने गरेकी छिन् । पछिल्लो समय उनले प्रेम र सम्बन्धलाई लिएर भावनात्मक टिप्पनी पनि गरेकी छिन् ।

‘यो जरुरी छैन कि हरेक सम्बन्धलाई प्रेमको उपमा दिइयोस’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘कुनै कुनै सम्बन्धका भावनात्मक जोरहरु प्रेम भन्दा पनि पवित्र हुन्छन ।’ उनले आफ्नो भावना यसरी पोखेकी छिन् ।

पछिल्लो समय राजपरिवारका केही सदस्य सामाजिक सञ्जालमा सक्रिय बन्ने गरेका छन् । छोरी पूर्णिका र हिमानी दुवैले भावनात्मक टिप्पनीहरु गरिरहेका छन् । उनीहरुका टिप्पनीमा कहिँ कसैप्रति घोचपेज हुँदैनन, जीवनमा आफुले भोगको कथाहरु भावनात्मकरुपमा प्रस्तुत भएका हुन्छन् ।

परिवारका माया पाएपनि पतिको माया पाउन नसकेकी हिमानी नेपाली समाजमा बिस्तारै रुचाउन थालिएकी छिन् । उनी विभिन्न धार्मिक तिर्थस्थलको भ्रमण गर्छिन र विभिन्न परोपकारी काममा पनि सक्रिय हने गरेकी छिन् । भूकम्पदेखि बाढी पीडितसम्मलाई राहत दिन उनी आफै स्थलमा पुग्ने गरेकी छिन् ।