पूर्वराजकुमारी प्रेरणालाई घरबाट निकाल्न मन्त्री पोखरेलको कडा आदेश

राजनीति

शेयर गर्नु होस ।

काठमाडौ । रक्षामन्त्री ईश्वर पोखरेलले पूर्व राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफू बस्दै आएको घरबाट बलपूर्वक निकाल्न मातहतका कर्मचारीलाई आदेश दिएका छन् ।

नेपाल ट्रस्ट सूत्रबाट प्राप्त जानकारी अनुसार प्रेरणालाई घरबाट एक्काइस दिनभित्र निस्कन आदेश दिइएको पत्र असोज ५ गते बुझाइएको छ र, यो अवधिभित्र घर नछोडे बलपूर्वक घरबाट निकाल्न मन्त्री पोखरेलले निर्देशन दिएका छन् ।

यही असोज २६ गते पत्र बुझाएको एक्काइस दिन पूरा हुँदैछ र, त्यसपछि प्रहरी लगाएर राजकुमारी प्रेरणालाई घरबाट निकाल्ने तयारी गर्न पोखरेलले आफ्ना कर्मचारीलाई निर्देशन गरिसकेका छन् ।

घटना र बिचारमा प्रकाशित समाचार अनुसार आफ्ना पिता तत्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट दाइजोमा प्राप्त हुन आएको छाउनीस्थित घर (विजया बास)मा प्रेरणा आफ्ना पतिका साथ विगत दुई दशकदेखि बस्दै आएकी छन् । नेपाल सरकारले विजयाबास समेतलाई सरकारीकरण गर्ने निणय लिएपछि प्रेरणाले आफू नयाँ घर बनाएर सर्ने निर्णय लिएकी थिइन् । उनको घर निर्माणको चरणमै छ ।

कोरोनाका कारण ‘लक्डडाउन’ शुरु भएपछि निर्माण कार्य रोकिएको र त्यसपश्चात उनले घरको निर्माण कार्य सम्पन्न हुनेवित्तिकै आफूले विजया बास छोड्ने जानकारी गराउँदै बढीमा एक वर्ष उक्त घरमा बसोबास गरी पाउन नेपाल ट्रष्टमा मागसहित निवेदन दिएकी थिइन् ।

निवेदनमा प्रेरणाले कोभिड–१९ का कारण निर्माणमा ब्यवधान पैदा भएकोले आगामी एक वर्षसम्म आफ्नो उक्त घरमा बसोबास गर्न दिइनुपर्ने माग गरेकी हुन् । तर रक्षामन्त्री ईश्वर पोखरेल राजकुमारी प्रेरणाको निवेदनप्रति सकारात्मक भएन ।

‘लक्डडाउन’को यो अवस्थामा घरभाडामा बस्नेहरूलाई यथावत रहन दिनुपर्ने र ब ल ज फ्ती कसैले घरबाट निकाल्न खोजे त्यस्तो घरधनीलाई कडा कानूनी कारबाही गर्ने भनी सरकारले निर्णय गरेको छ ।

यस अवधिमा भाडा नबुझाएको भन्दै घरबाट निकाल्ने कैयन घरधनीहरूलाई सरकारले कारबाही पनि गरिरहेको छ । तर ईश्वर पोखरेलले भने दुई दशकदेखि बसोबास गर्दै आएको घरबाट राजकुमारीलाई निकाल्न कडा आदेश दिनु आश्चर्यको विषय भएको छ ।

नेपाल ट्रस्टको एक सूत्रले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेरणालाई बढीमा एक वर्षसम्म विजयाबासमै रहन सक्ने व्यवस्था गरिदिन परामर्श गरेका थिए ।

तर, ईश्वर पोखरेलले प्रधानमन्त्रीको सल्लाहलाई पनि ठाडै इन्कार गरे र, एक्काइस दिनभित्र घर छोड्न पत्र पठाउँदै नछोडे बलपूर्वक निकाल्न आदेश दिए । नेपालीहरूको महान पर्व दशैँको मुखमा राजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलले केसम्म गर्नुहुने हो जिज्ञाशा र प्रतीक्षाको विषय बनेको छ ।