पोखरामा क्वारेन्टाइन बस्नुपर्ने भएपछि छतबाट हाम फाले

नेपाल समाचार स्वास्थ्य

क्वारेन्टाइनमा बस्नु पर्ने भएपछि भारतबाट फर्किएका एक युवा घरको छतबाट हाम फालेका छन् । रोजगारीको शिलशिलामा भारत पुगेका अभिषेक बस्नेत मंगलबार लुकिछिपी पोखरा आइ इन्द्रपुरी टोलमा बसेका थिए ।
क्वारेन्टाइनमा नबसी बुवाआमासँग बसेकाे देखेपछि छिमिकीले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयले खबर गरेलगत्तै पुगेको प्रहरी टोलीलाई देखेपछि अभिषेकले बहालमा बसेको घरको दाेस्राे तल्लाबाट हाम फालेको प्रहरीले जनाएको छ । यद्यपि, उनी सकुशल छन् । उनलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

वडा प्रहरी कार्यलय बैदाम प्रहरी प्रमुख एवम् डिएसपी यादव ढकालका अनुसार उनी आजै मात्र भारतबाट पोखरा आइपुगेका हुन् ।