प्रचण्डलाई आफ्नै सिपाहीले पनि छाडे,धोका नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

नेपाल समाचार

काठमाडौं, माघ १०

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाले नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन भने आश्वास्त तुल्याउनु भएको हो ।

नेकपा अध्यक्ष समेत रहनु भएका ओलीले जनयुद्धमा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताउनु भयो । अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।