प्रचण्डलाई वामदेवको जवाफ ‘म अव कुनै गुटमा लाग्दिन् ।’

राजनीति

शेयर गर्नु होस ।

२१ श्रावण, काठमाण्डौँ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको स्पष्ट पार्नुभएको छ ।

गौतमले आफ्नो सचिवालयमार्फत यस्तो स्पष्ट पार्नुभएको हो ।

अध्यक्ष पुष्पकमल दाहालले हिजोमात्रै नेता गौतमसँग भेटवार्ता गर्नुभएको थियो ।

उक्त भेटमा अध्यक्ष दाहालले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनि प्रश्न सोधेको बुझिएको छ ।

त्यसको जवाफमा गौतमले ‘म ठूलो–सानो कुनैपनि गुटमा लाग्दिन्’ भन्नुभएको कुरो उहाँको निजिसचिव विश्वमणि सुवेदीले फेशबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।