प्रचण्ड र बाबुराम उपराष्ट्रपति भवनमा वार्ता हुँदै,भेट अर्थपूर्ण

नेपाल समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजधानीमा बृहत् शक्ति प्रदर्शन र सभालाई सम्बोधन गरेलगत्तै विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपराष्ट्रपति भवन लैनचौर पुगेका छन् ।

प्रचण्डसँगै जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न गएको स्रोतले जनाएको छ ।
उपराष्ट्रपतिसँग प्रचण्ड र बाबुरामको संयुक्त भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उनीहरु तीनैजना माओवादी जनयुद्धकालका मुख्य नेता हुन् । यसअघि पनि उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच छलफल भएको सुरक्षा स्रोतले जनाएको छ ।