प्रधानमन्त्रीले लगाए प्रचण्ड माथी संगिन आरोप: भारतसँग मिलेर सरकार ढाल्ने खेलमा प्रचण्ड ?

नेपाल समाचार

एमखबर डेस्क, क्यानाडा। २८ जुन २०२०। मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डमाथी गम्भीर आरोप लगाएका छन् र प्रचण्ड भारतसँग मिलेर सरकार ढाल्ने खेलमा लागेको खुलेयाम बताएका छ्न्।

न भारत सरकारले न त नेपाल स्थित भारतीय राजदुतावासले नेपालका प्रधानमन्त्री ओलीको राजिनामा नै मागेको छ। बरु, बालुवाटारमा जारी पार्टीको स्थायी कमिटीको बैठको पहिलो दिन प्रधानमन्त्री ओलीको राजीनामा माग्ने ब्यक्ति प्रचण्ड थिए। त्यस लगत्तै पार्टीका अन्य वरिष्ठ नेताहरू पनि प्रधानमन्त्रीको राजीनामाको पक्षमा उभिएका छ्न्। र, अहिलेको परिस्थितिमा स्थायी कमिटीमा बहुमत प्रधानमन्त्रीको राजीनामा माग्ने नेतहरुको पक्षमा छ।

त्यसमाथी अहिलेको ओली सरकार भनेको नेकपाको पुर्ण बहुमतको सरकार हो। सरकार ढाल्ने नढाल्ने वा प्रधानमन्त्री फेर्ने नफेर्ने त्यसको छिनोफानो गर्ने निर्णय पनि नेकपाले नै गर्ने हो, भारतले होईन। जनताको म्याण्डेट र संसद भित्रको गणितले पनि त्यसै भन्छ।

तर पनि प्रधानमन्त्रीले बालुवाटारबाटै भारतले सरकार ढाल्न खोज्दै छ भन्नुको तात्पर्य के हो ? राजनीतिको सामान्य ज्ञान हुने जो कोहिले पनि सजिलै बुझ्ने कुरा त्यही हो – प्रधानमन्त्रीको निशाना उनलाई सत्ताच्युत गर्न खोज्ने आफ्नै पार्टी भित्रका प्रचण्ड, माधव नेपाल, बामदेव गौतम र झलनाथ खनालका विरुद्ध हो।

प्रचण्ड, माधब नेपाल र बामदेव गौतमलाई छुट्टाछुट्टै भेटेर कुर्सी जोगाउन पटकपटक प्रयास गर्दा पनि परिस्थिति आफू अनुकुल नभएको आँकलन गरेका ओलीले सता उलटफेर हुने सुइँको पाएपछि फेरि एक पटक राष्ट्रियताको कार्ड फ्याकेका छ्न् र सत्ता परिवर्तनको खेललाई नयाँ नक्सासंग जोडेर आफ्नो नाकामीलाई लुकाउने प्रयत्न गरिरहेका छन्।

लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेको कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको र त्यो खेलमा नेपालका नेताहरु पनि लागेको उनले दाबीले त्यही कुराको पुष्टि गरेको छ। र, राष्ट्रियता कुर्सी जोगाउने अचुक अस्त्रको रुपमा प्रयोगमा ल्याईएको छ।