प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

नेपाल समाचार

काठमाडौं, ३० वैशाख । पछिल्लो समय चर्किएको सीमा विवादबारे छलफल गरेर साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४:३० बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरु र पूर्वप्रधानमन्त्रीहरु लगायतलाई निमन्त्रणा गरिएको जनता समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।

बैठकमा सीमा विवादबारे नेपालले तय गर्नुपर्ने आगामी रणनीतिबारे छलफल गर्दै नेपालको साझा धारणा बनाउन छलफल गरिने बताइएको छ ।