Photo Source: BBC

प्रधानमन्त्री ट्रुडोमाथि ढुङ्गा प्रहार

क्यानडा विशेष

शेयर गर्नु होस ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेका छन् ।तर, उनलाई कुनै चोट भने नलागेको बिबिसीले जनाएको छ। चुनावी –यालीमा जुटेका बेला ट्रुडोमाथि ढुङ्गा प्रहार भएको हो ।उनलाई सन् २०१६ मा एक महिलाले फर्सीको बिउ प्रहार गरेको घटनालाई सम्झेका थिए ।

उनले ट्वीटमा भनेका छन्,‘राजनीतिक हिंसा कहिल्यै सही हुन सक्दैन र दबाब, दुर्व्यवहार र हिंसाबाट हाम्रो मिडिया स्वतन्त्र हुनुपर्छ’।आफ्नो पार्टीको बहुमतको सरकार बनाउने आशा राखेर उनले केही दिन अघिमात्रै चुनाव घोषणा गरेका थिए । तर, कोभिड १९ खोपको अनिवार्यता र अन्य कडाइहरूका कारण अहिले क्यानडामा सरकार विरोधी प्रदर्शन चलिरहेको छ र ट्रुडोले राम्ररी प्रचार गर्न पाएका छैनन् ।