प्रधानमन्त्री वैशाख अन्तिम साता भियतनाम र कम्बोडिया भ्रमणमा जाने

नेपाल समाचार

शेयर गर्नु होस ।


प्रधानमन्त्री केपी शर्मा ओली वैशाख अन्तिम साता भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री वैशाख २६ गते भियतनाम भ्रमणमा जाने र ३० गतेसम्म त्यहाँ रहने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

भियतनामबाट प्रधानमन्त्री वैशाख ३० मा कम्बोडिया भ्रमण गर्ने कार्यक्रम पनि छ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले पछिल्लो ३० वर्षयता भियतनामले गरेको तीव्र आर्थिक प्रगतिसम्बन्धी अध्ययन गर्ने र बुद्ध जयन्तीमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिए।

भियतनामसँगको सम्बन्धपछि नेपालमा पर्यटन क्षेत्र फस्टाउने सरकारको अपेक्षा छ।

प्रधानमन्त्री ओली वैशाख ३० गते त्यहाँबाट कम्बोडिया जानेछन्। कम्बोडियामा दुई पक्षबीच भेटघाटलगायत कार्यक्रम छ।

भ्रमण सकेर प्रधानमन्त्री जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ।-
सेतोपाटी संवाददाता