प्रवासीलाइ देश – रेखा किरण पौडेल

कला साहित्य मनाेरंजन विविध

कविताः

१ आमा तिमीलाई एक प्रश्न गर्न मन छ
आफुले जन्म देकाको राम्रोको लागि तिमीले सात समुन्द पार तरेको
कुनै एस्तो चाड छ जहाँ आफुलाइनै जन्म दिनेलाई सम्झी मोतीको दाना नझरेको
अर्कै भूमिमा हुर्किएको फुललाई तिमीले किन उतै जस्तै मलजल गरेको
आधा उमेरको ज्ञान जबर्जस्ति किन जल ले घर चोखाये झैँ एकै पटक छरेको

२ देशमा भुइचालोको कम्पन हुदा
यता तिम्रा ओठ काम्छन
बाढीले घर बस्ति बगाउदा
यता हत्केलाले मोतिका दाना छाम्छन
उता नक्सामा मात्रै पनि देश तन्कादा
यता तिम्रो छाती चोडिन्छ

३ आमा उता हुदाजस्तई मस्त निन्द्रा परेको कुनै रात छ
सपनामा देश नदेखी अन्तै अन्तै देखेको तेस्तो कुनै बात छ
सोच्दापनि नेपाली बाहेक अरु कुनै भाषा सोच्ने के तिम्रो चाहत छ
तिमीमा त होसमा पनि बेहोसीमा पनि नेपाल नेपाल भन्ने नेपाली जात छ

४ मैले बुझ्नै सकिन तिमीलाई
हो यो कुरा मैले बुझेकी तीजमा रातो सारी लगाएर बर्सै पिछे नाच्नु रहेछ
कामबाट फर्किए पछि सुत्ने बेलामानै भएपनि दशैंमा रातो अछेता निदारमा टास्नु रहेछ
प्रतेक पल देश सम्झदा मन भारी भएपनि फेसबूक्कै लागि झुटा हासो हास्नु रहेछ
मानाबिये भावनाहरु देशमानै थन्काएर प्रदेशमात जिउदो यन्त्र बनेर बाच्नु रहेछ

५ मेरो बुझाईमा तिमि
आफुलाई भन्दा बढी माया मलाई गर्छेउ
मलाई भन्दा बढी देश देश भनि मर्छेउ
अफुलेनै आफुलाई बुझेनौकी खै मुटु भित्र देशको माया बोकी परदेशमा चर्छेउ
देश भाषा संस्कार अनि संस्कृति आफ्नो अस्तित्यो हो भन्नी सन्ततिलाई ज्ञान छर्छेउ


रेखा किरण पौडेल
सेन्ट अल्बर्ट
क्यानाडा