प्रहरीलाइ मिल्याे अर्काे ठुलाे सफलता : ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पर्शुराम थाइल्यान्डबाट पक्राउ

NRNA नेपाल समाचार

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका मानव तस्कर पर्शुराम गुरुङलाई थाइल्यान्डमा पक्राउ गरी नेपाल ल्याइएको छ।थाइल्यान्डमा बसेर झण्डै एक दर्जन नाममा सामाजिक सञ्जालको प्रयोग गरेर मानव तस्करी गर्दै आएका गुरुङलाई थाइल्यान्डमै पक्राउ गरी शुक्रबार नेपाल ल्याएको प्रहरीले जनाएको छ।

एनले विभिन्न मुलुकको नक्कली भिसा देखाइ क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुर्‍यायाउने र राम्रो काममा लगाइदिने भन्दै एक व्यक्तिबाट ५ देखि २० लाखसम्म ठगी गर्दे आएका थिए।

गुरुङले नेपालमा रहेका आफन्त लगायत विभिन्न व्यक्तिका नाममा पैसा हाल्न लगाइ भिजिटिङ भिसामा बैंकक लगेर होटल तथा फ्ल्याटमा बन्धक बनाउने गरेको प्रहरीले जनाएको छ। पीडितसँग पैसा सकिएपछि उनले नेपालमा आफन्तरुलाई एजेन्ट मार्फत सम्पर्क गराइ थप रकम असल्दै आएका थिए।

उनले हालसम्म सयौँलाई अलपत्र पारेको र उनीविरुद्ध २०७१÷७२ मा केन्द्रीय असुसन्धान ब्युरो (सीआईबी) हालसम्म उजुरीको संख्या ५२ पुगेको प्रहरीले जनाएको छ। एनले ती ५२ व्यक्तिहरुबाट ५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ।

न्ेपाल सरकारले २०७२ जेठमा उनको पासपोर्ट रद्द गरेको थियो भने प्रहरीले ७२ असारमा उनीको इन्टरपोलबाट डिफ्युजन नोटिससमेत जारी गरेको थियो। पासपोर्ट रद्द भए पनि उनी ट्राभल डकुमेन्ट बनाइ थाइल्यान्डमै बसोबास गर्दै आइरहेका थिए।

पीडितसँगको समन्वय र थाइल्यान्डस्थित नेपली दूतावासको समन्वयमा थाई प्रहरीले २०७५ चैत १३ उनलाई थाइल्यान्डबाटै पक्राउ गरेको हो। पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी शुक्रबार नेपाल ल्याइएको हो।